कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केसीको जीवन रक्षाको पहल गर्न दाहालसँग अनुरोध

रमेशकुमार पौडेल

चितवन — अनशनरत डा.गोविन्द केसीको जीवन रक्षा गर्न अनुरोध गर्दै नेपाल चिकित्सक संघले पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई पत्र बुझाएका छन् । 

केसीको जीवन रक्षाको पहल गर्न दाहालसँग अनुरोध

बिहीबार भरतपुरमा नेपाल चिकित्सक संघ चितवन शाखाको पत्र सङ्घका सचिव डा.भोजराज अधिकारीले दाहाललाई बुझाएका हुन् । पत्रमा संघका केन्द्रीय सदस्य डा.अनिलविक्रम कार्की र चितवन शाखा अध्यक्ष डा.प्रकाश खतिवडाले हस्ताक्षर गरेका छन् ।


‘सङ्घका आजीवन सदस्य प्राध्यापक डा.गोविन्द केसी विभिन्न माग राखेर १६ औँ पटक अनशन बसेको आज २२ औँ दिन भएको छ । उहाँको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको हुँदा जीवन रक्षाका लागि आवश्यक पहल गरिदिनु हुन अनुरोध छ’ पत्रमा उल्लेख छ ।


संघको यो पत्र सचिव डा.अधिकारीले भरतपुरमा आयोजित कार्यक्रममा सरिक भएर फर्कँदै गर्दा दाहाललाई गाडीमै बुझाएका थिए ।

प्रकाशित : माघ १७, २०७५ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?