कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेस्तोलसहित तीनजना पक्राउ

हरिहरसिंह राठौर

धादिङ — जिल्लाको उत्तरी भेगमा पर्ने गंगाजमुना –५ स्थित मण्डली माविबाट प्रहरीले सोमबार अपरान्ह पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको छ ।

अबैध पेस्तोलसहित पक्राउ पर्नेमा जिल्लाकै खनियाबास–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिष थापामगर र २३ वर्षीय बिशाल गुरुङ रहेका छन् । उनीहरुको साथबाट एकथान चाइनिज पेस्तोलसहित ७ राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्याम महतोले जनाएका छन् ।

उक्त विद्यालयमा क्षेत्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन भईरहेको थियो । सो स्थानमा ती युवाहरुको क्रियाकलाप शंकास्पद देखिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई खनतलासी गर्दा हतियार फेला परेको हो ।

घटनापछि प्रहरीले प्रतियोगिता स्थल र आसपासमा सुरक्षाकर्मीको थप ७ जना टोली परिचालन गरेको जनाएको छ । पक्राउ परेका युवाहरुलाई प्रहरीले हिरासतमा लिएको छ भने उनीहरु विरुद्ध हातहतियार तथा खरखजाना मुद्दा चलाइने पनि प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ २२, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?