काठमाडौंबाट धादिङ आउने सवारी साधन बन्द
काठमाडौँ — पृथ्वीराजमार्गमा शुक्रवार भएको सडक दुर्घटनामा मृत्यु भएका युवकका आफन्तहरूले शनिवार धादिङमा सञ्चालन हुने सवारी साधनमा अवरोध गरेका छन् ।
पृथ्वीराजमार्गको थाक्रे –१ एक्लेफाँटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा शुक्रवार एकजनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।
उक्त घटनाको विरोधमा शनिवार पीडित पक्षका आफन्तहरूले काठमाडौँबाट धादिङका लागि चल्ने सबै बस तथा माईक्रोबसको सेवा अवरुद्ध गरेका छन् ।
पीडित पक्षले माछापोखरी काउन्टरमा प्रदर्शन गर्दै अवरुद्ध गरिरहेका छन् । धादिङबाट आएका केही बसहरू भने माछापोखरी नआई बालाजु तथा कलंकी बाटै फर्किरहेका छन् ।
प्रकाशित : फाल्गुन ४, २०७५ १६:१३प्रतिक्रिया