कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलम्चीमा आउजाउ गाह्रो

अनिश तिवारी

सिन्धुपाल्चोक — अरनिको राजमार्गको जिरो किलो(मेलम्ची २३ किमि सडक विस्तार र कालोपत्रेको कामले गति लिन नसक्दा तोकिएको समयमा निर्माण पूरा हुने सम्भावना टरेको छ ।

मेलम्चीमा आउजाउ गाह्रो

घर जग्गाको मुआब्जा, रुख कटनी, बिजुलीका खम्बा हटाउने र ठेकेदारको रकम भुक्तानी समस्याले निर्माण अघि बढ्न नसकेको हो । एशियाली वकास बैंक(एडिबी) सँगको साझेदारी सयोगमा निर्माण भैरहेको सडक आगामी असोजमा पूरा गर्ने लक्ष्य राखिएको थिायो ।


सडकको खम्बा हटाउन ९२ लाखमा टेण्डर स्विकृत भएको ९ महिना वितेपनि काम अघि बढेको छैन । सडकको रुख काट्ने फाईल वन मन्त्रालयमै थन्किएको छ । खम्बा हटाएको भए शुरुको ८ किमि सडक कालोपत्रे गर्न सहज हुन्थ्यो, ‘निर्माणमा संलग्न एक प्राविधिका अनुसार पूरा भएका संरचना पनि मापदण्ड अनुसार छैन ।’ ग्याविनवाल, स्टोनमेशिनरीलगायतका संरचना सकिएको स्थानमा पनि तोकिएको परिमाण नभएको ति प्राविधिकले बताए ।


सडक निर्माणका क्रममा जताततै भत्काएपनि तोकिएको समयमा काम पूरा नगर्दा आउजाउमा कठिनाई उत्पन्न भएको छ । पानी परे हिलो, घाम लागे धुलो सडक पार गर्ने कठिन, स्थानीय गुनासो गर्दै आएका छन् । सडक निर्माणमा संलग्न स्वछन्द निर्माण सेवाका मुख्य निर्माण व्यवसायी जयराम लामिछानेले आफूले कामको रकम भुक्तनी नपाएको गुनासो गरेका छन् । सडक निर्माणको सम्झौतापछि सडक कार्यालय प्रमुखहरू तीन जना फेरिएका छन् ।


लामिछाने भन्छन,‘प्रक्रियागत ढिलासुस्ती पनि त्यतिकै छ ।’ मेलम्ची खानेपानी आयोजनाको प्रमुख प्रवेश मार्ग उक्त सडकमा दैनिक ५ सय भन्दा बढी टिपर सञ्चालन हुँदै आएको छ । उक्त आयोजनाले डेढ दशक अघि पनि कालोपत्रेका सोही खण्डमा लागि करोडों रुपियाँ खर्चेको थियो । उक्त सडकमा यातायातको अत्याधिक चापका कारण प्रयोगमै नआई भत्किएको थियो । उक्त सडकमा ओपेक फण्डबाट प्राप्त रकम खर्चिएको थियो ।


अहिले सोही सडकको चौडा र कालोपत्रे गर्न शुरु गरिएको हो । निर्माण लागत ९० करोड छ । उक्त रकम मध्ये एडिबीले ८८ र सरकारले १२ प्रतिशतमा रकम व्यहोर्नेगरी साझेदारी रुपमा निर्माण शुरु गरिएको हो । मेलम्ची सडक आयोजनाका प्रमुख बेलबहादुर भूजेलले भने प्रक्रियागत ढिलाई भएको स्विकारेका छन् । समस्या समानका लागि छलफलमा र्छौ, भूजेलले भने ।

उनी भक्तपुर सडक डिभिजन कार्यालय प्रमुख हुन् । दैनिक सयौं गाडी गुड्ने र यात्रुको चाप रहेको सडकको अवस्था कहिल्यै सुधार भएन, मेलम्चीका जगनाथ चालिसेले भने, ‘सामान्य वर्षाद्मा पनि यातायात सञ्चालन गर्न कठिन हुने गर्छ ।’ इन्द्रावतीमा माक्र दर्जन त्रसर उद्योग छन् ।


नदिजन्यवस्तु बोकेर उद्योगले प्रयोग गर्ने सवारी साधनले सडक सवैभन्दा धेरै विगारेको स्थानीयको भनाईछ । पछिल्लो समयम मेलम्ची वासाईसर्ने क्रम बढेको छ । जिल्लाको झण्डै आधाभूभागका वासिन्दा यही सडक भएर राजधानी आउजाउ गर्छन् ।

प्रकाशित : फाल्गुन ९, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?