कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संस्कृतको सम्झना

कान्तिपुर संवाददाता

चितवन — बोर्डिङ स्कुल खुल्ने नै अंग्रेजी माध्यममा पढाउन हो । अचेल कतिपय सामुदायिक विद्यालयले समेत शिशु कक्षादेखि नै अंग्रेजी पढाउन सुरु गरेका छन् । जसलाई उनीहरू बोर्डिङमा जस्तै पढाइ हुन थालेको भन्छन् ।

संस्कृतको सम्झना

स्मल हेभन चितवनको पुरानो र चर्चित बोर्डिङ स्कुल हो । स्कुल सञ्चालनमा आउँदा संस्कृत विषयसमेत पढाइन्थ्यो । विद्यालयका प्रिन्सिपल रेशमलाल श्रेष्ठले लेखेको आत्मकथा पुस्तक ‘आराधना’ को चर्चा छ ।


‘विद्यार्थीको शब्द ढुकुटी बलियो होस् र नेपाली अंक पनि नबिर्सिऊन् भन्ने उद्देश्यले हामीले स्मल हेभन स्कुलमा कक्षा ५ देखि ७ सम्म संस्कृत भाषा र नर्सरीदेखि कक्षा ५ सम्म नेपाली अंक गणितको पाठ्यपुस्तक पनि पढाउन थाल्यौं,’ पुस्तकमा उल्लेख छ । साहित्यकार प्रेम विनोद नन्दनको प्रमुख आतिथ्यमा शनिबार भएको लोकार्पणमा लेखकका श्रीमती सरस्वती श्रेष्ठ र नातिनीहरूले पुस्तक विमोचन गरे ।


बोर्डिङमा पनि संस्कृत र नेपाली भाषाको गणित पढाउन थालेपछि त्यस्तो स्कुलले आधुनिक शिक्षा दिन सक्दैन भनेर अफवाह फैलाउन सुरु भयो । ‘सुरुमा वास्ता गरेनौं । पछिपछि त सम्झाउन गाह्रो भयो । करिब ५ वर्ष पढाएपछि संस्कृत र नेपाली गणित बन्द गर्‍यौं,’ रेशमलाल श्रेष्ठले भने । बन्दपुरमा जन्मेका श्रेष्ठले २५ वर्ष सरकारी स्कुलमा पढाए । भरतपुरमा ०४२ सालमा उनी लगायतको सक्रियतामा स्मेल हेभन स्कुल खुल्यो ।


विसं. २०५२ को एसएलसीमा स्मल हेभनका कमल दवाडी बोर्ड छैटौं र ५५ को एसएलसीमा काजन रानाभाट पाँचौं भए । ‘आराधना’ मा श्रेष्ठले आफू जन्मेदेखिका समयमा घटनाक्रमहरू राखेका छन् । पारिवारिक अवस्था, शिक्षाको सन्दर्भ, मायाप्रेमजस्ता विषयहरू इमानदार भएर आत्मकथामा समेटेको किताबको समीक्षा गर्दै मतिप्रसाद ढकालले जानकारी दिए ।


रेशमलाल श्रेष्ठलाई चितवनवासीले असल शिक्षकका रूपमा नै चिन्दै आएका छन् । बन्दीपुरको वर्णनदेखि आफ्नो जीवनसँग जोडिएका महत्त्वपूर्ण विषयहरू समेटेका कारण पुस्तक शिक्षकको कथाजस्तो मात्रै नभएर रुचिकर लाग्ने साहित्यिक कृति बनेको सरस्वती रिजालले टिप्पणी गरिन् ।


श्रेष्ठ गीतहरू रचना पनि गर्छन् । उनले रेडियो नेपालमा लोकगीत गाएको पनि पुस्तक पढ्दा थाहा हुन्छ ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?