कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वसांसद पण्डितको निधन

कृष्ण थापा

नुवाकोट — नुवाकोटका पुराना वामपन्थी नेता एवं पूर्वसांसद गणेश पण्डितको निधन भएको छ । सोमबार पञ्चकन्या गाउँपलिका–२ मा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा पण्डितलाई हृदयघात भएपछि उपचारका लागि काठमाडौं लैजाने क्रममा निधन भएको हो । 

पूर्वसांसद पण्डितको निधन

पण्डित तत्कालीन नेकपा एमालेबाट २०४८ सालमा नुवाकोट क्षेत्र नम्बर–२बाट निर्वाचित भएका थिए ।


२००२ सालमा जन्मिएका नेता पण्डित पछिल्लो समय नेकपाको जिल्ला सल्लाहकार थिए । नेता पण्डितका ३ छोरा र ३ छोरी छन् ।

प्रकाशित : फाल्गुन २१, २०७५ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?