वरिष्ठ प्राध्यापक बाडुलाई मानार्थ विद्यावारिधि

कान्तिपुर संवाददाता

काभ्रे — काठमाडौं विश्वविद्यालय (केयू) ले स्विस फेडेरल इन्ष्टिच्युट अफ टेक्नोलोजीका वरिष्ठ प्राध्यापक जँ क्लड बाडुलाई मानार्थ विधावारिधि प्रदान गरेको छ । शुक्रबार धुलिखेलस्थित विश्वविद्यालयमा भएको विशेष दीक्षान्त समारोहमा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको तीब्रतर विकासका लागि सरकार प्रयत्नशील रहेको बताए । स्विजरल्यान्ड र नेपाल धेरै अर्थमा समान भएको भन्दै उनले नेपाल पछाडि पर्नुको कारण खोजिनुपर्ने बताए । उनले विज्ञान र प्रबिधिको क्षेत्रमा विकास नभएको भए आफ्नो १२ औ‌ं पुन्यतिथि हुने तर्क गर्दा हलमा हासो छुटेको थियाे ।

Citizen

केयूले मानार्थ विधावारिधि प्रदान गरेको यो चौथो पटक हो । सन् २०११ मा पहिलो पटक संस्कृतविद् तथा लेखक सत्यमोहन जोशीलाई सम्मानार्थ विद्यावारिधि प्रदान गरेको थियो । सन् २०११ मै भारतका विद्धान तथा राजनीतिज्ञ डा. करण सिंहलाई र भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई प्रदान गरिएको थियो ।

बाडु प्रसिद्ध सिभिल इञ्जिनियर हुन् । बाडुले सन् २००३ देखि नेपाल र काठमाडौ विश्वविद्यालयलाई यान्त्रिक, भौतिक, आर्थिक तथा मानव स‌ंशाधन क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको केयूका सूचना संयोजक हेमराज काफ्लेले जानकारी दिए । बायोटेक्नोलोजी, जियोम्याटिक्स इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ जस्ता कार्यक्रममा विशेष योगदान पुर्‍याएको विश्वविद्यालयले जनाएको छ ।

सन् १९९२ देखि २००० सम्म स्विस फेडेरल इन्ष्टिच्युट अफ टेक्नोलोजीको अध्यक्ष रहँदा बाडुले प्राज्ञिक र औद्योगिक क्षेत्रबीच उच्च सहकार्यको परम्परा आरम्भ गरेका थिए । एकैपटक १ सय ३९ जना औद्याेगिक क्षेत्रका विशेषज्ञहरुलाई प्राध्यापन पेशामा स‌ंलग्न गराएका थिए ।

प्रकाशित : चैत्र १, २०७५ १६:२४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

युरोपमा उत्पादित फोटोकपी पेपरकाे काठमाडौंमा बिक्री सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — युरोपको लोकप्रिय फोटोकपी पेपर आइ क्यू प्रिमियम र माएस्ट्रो सुप्रिमको काठमाडौंमा बिक्री सुरु गरिएको छ । अष्ट्रियाको मोन्डी ग्रुपले उत्पादन गर्दै आइरहेको फोटोकपी पेपरको शुक्रबार काठमाडौंमा बिक्री सुरु गरिएको हाे ।

विश्व कै सर्वोत्कृष्ट ननकोटेड कागज दाबी गर्नेउक्तपेपर गुजरातस्थित एक्सेल इन्टरप्राइजेजको सहकार्यमा ग्रिन एन्ड क्लिन कम्पनी प्रालिले काठमाडौंमा भित्र्याएको हो।रंगिन फोटोकपी, फोटो छपाइ तथा किताब छपाइमा पेपरको प्रयोग उपयुक्त हुने कम्पनीले दाबी गरेको छ।प्रिन्टरको टोनर कम खर्च हुने तथा चिल्लो कागजमा जस्तै गुणस्तरीय फोटो छपाइ गर्न सकिनेकम्पनीले जनाएकाे छ।

फोटोकपी पेपर दराज अनलाइनमार्फत बिक्री गरिने जानकारी कार्यक्रममा दिइएको छ।शुभारम्भ कार्यक्रममा एक्सेल इन्टरप्राइजेजका निखिल ओझार ग्रिन एन्ड क्लिन कम्पनीका सकिल अहमद खानले कार्यक्रममाउत्पादन र बिक्रीकाे याेजना सुनाएका थिए।

प्रकाशित : चैत्र १, २०७५ १५:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT