कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द मकवानपुर इन्चार्ज जेल

काठमाडौँ — नेक्रवित्रम चन्द समूहको नेकपाका मकवानपुरका इन्चार्ज वीरबहादुर घलान (ज्वाला) लाई जिल्ला अदालत मकवानपुरले मंगलबार कारागार पठाएको छ  । अदालतले माग गरेको धरौटी नराखेकाले उनलाई क्षेत्रीय कारागार भीमफेदी पठाइएको हो  ।

अदालतले माग गरेको धरौटी नराखेकाले उनलाई क्षेत्रीय कारागार भीमफेदी पठाइएको हो । जिल्ला अदालत मकवानपुरका न्यायाधीश ध्रुवकुमार पियाको सोमबारको इजलासले उनलाई विस्फोटक तथा हातहतियार एव खरखजाना मुद्दाको सुनुवाइमा १८ हजार रुपैयाँ धरौटी लिई तारेखमा छाड्न आदेश दिएको थियो । घलानले धरौटी रकम नराखेकाले अदालतले कारगार पठाएको स्रेस्तेदार केशवराज कौशिकले बताए ।

केही महिनाअघि मनहरी गाउँपालिका ३ बाट प्रहरीले विस्फोट पदार्थ र हातहतियार बरामद गरेको थियो । उक्त घटनामा घलान संलग्नता रहेको दाबी गर्दैर् प्रहरीले उनलाई बिहीबार हेटौंडा उपमहानगरपालिका ८ बाट पक्राउ गरेको थियो ।

प्रकाशित : वैशाख ४, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?