कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशी कपडा लगाएर देश बन्दैन : सांसद तामाङ

कृष्ण थापा

नुवाकोट — ककनी गाउँपालिकाको रानीपौवामा स्व.पोष्टबहादुर बोगेटी स्मृति कृषि प्रदर्शनी मेला आयोजना गरिने भएको छ । आगामी जेठ ४ देखि ८ गतेसम्म रानीपौवामा कृषि प्रदर्शनी गर्न लागिएको हो । जिससमा शुक्रबार आयोजित मेलाको तयारी कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सांसद हितबहादुर तामाङले कृषि क्षेत्र पिछडिँदै गएकाले पूर्वमन्त्री स्व.बोगटीको नामबाट कृषि प्रदर्शनी गर्न लागिएको बताए ।

विदेशी कपडा लगाएर देश बन्दैन : सांसद तामाङ

'परनिर्भरता बढेको र कृषि क्षेत्रका जराजुरी र कृषि उत्पादनलाई महत्व दिन कार्यक्रम गर्न लागेका हौं,' सांसद तामाङले भने, 'स्थानीय किसानहरु आफ्ना छोराछोरीहरु रोजगारीको नाममा पलायन भएरहेका छन् । उनीहरुलाई प्रोत्साहित गर्न पर्ने अवस्था छ ।'


नुवाकोटको जमिन उत्पादनका हिसावले अव्बल रहेको दाबी गर्दै उनले विभिन्न बहानामा बाँझो राख्नेक्रम बढिरहेको बताए । जग्गा बाँझो राख्ने क्रम अन्त्य गर्न जोड दिँदै उनले विदेशबाट ल्याएको कपडा लगाएर र मीठो खाएको भान गरी देश नबन्ने बताए । मुलुकलाई कृषिको औद्योगिकीरण र कृषि उद्योगको विकास कसरी गर्ने, स्थानीय तह, निजी र मन्त्रालय सबै जिम्मेवार भएर लाग्नु पर्ने सांसद तामाङको भनाइ थियो ।


कार्यक्रममा ३ नम्बर प्रदेशका सल्लाहकार तथा कृषि अगुवा लालकुमार केसीले कृषि उत्पादनशिलतमा जोड दिनुपर्ने बताए । कार्यक्रममा प्रदेश सांसद केशव पाण्डेले सहकारीले एउटा बोको बाँढ्दैमा कृषि क्षेत्रको विकास नहुने बताए ।


संघीय सांसद नारायणप्रसाद खतिवडा, प्रदेश सांसद बद्री मैनाली, जिसस उपप्रमुख अप्सरा थापा, तरकारी जोनका प्रमुख डा. कमलराज गैरेलगायत कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउनपर्नेमा जोड दिए । आगामी जेठ पहिलो साता हुन गइरहेको कृषि प्रदर्शनी मेलामा जिल्लाका १२ वटा स्टल रहने छन् । ती सबै नुवाकोटका १२ वटै स्थानीय तहका मात्र स्टल रहने कार्यक्रम रहेको प्रदेश सांसद हिरानाथ खतिवडाले बताए ।कृषि प्रर्दशनीमा २ सय ४६ वटा पुरस्कारका लागि ११ लाख रुपैयाँ रकम राखिएको छ । १४ वटा मेला व्यवस्थापन समिति गठन गरिएको छ ।

प्रकाशित : वैशाख १४, २०७६ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?