कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समाचार लेखेकै आधारमा पत्रकार दण्डित हुँदैनन् : मन्त्री बाँस्कोटा

बलराम घिमिरे

रसुवा — सत्य, तथ्य र निष्पक्ष समाचार लेखेकै आधारमा कुनै पनि पत्रकार दण्डित हुन नपर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । गोसाइँकुण्डपालिका भ्रमण वर्ष तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं. ३ को भेलालाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, 'भ्रामक, गलत, आधारहिन र तथ्यहीन समाचार लेख्ने वा प्रशारण गर्नेलाई मात्र कारबाही हुन्छ ।'

समाचार लेखेकै आधारमा पत्रकार दण्डित हुँदैनन् : मन्त्री बाँस्कोटा

नेपालको इतिहासमै मिडियालाई बलियो बनाउनका लागि विभिन्न ऐन, कानुन बनाउन लागिएको उनले बताए । 'यो देशलाई खतम बनाउन पर्‍यो, खरानी बनाउन पर्‍यो, मान्छे मार्न पाइन्छ, लुट्न पाइन्छ, बैंक फोर्न पाइन्छ भनेर आहृवन गर्नु भनेको पनि लेख्नु हो, प्रशारण गर्नु हो त्यस्तालाई कारबाही नगरेर कस्लाइ गर्ने ?' मन्त्री बाँस्कोटाले भने, 'कानुन सरकारले नै पेस गर्ने हो कसैलाई सोधेर, अनुमति लिएर पेस गर्नु पर्दैन, पेस गरेपछि छलफल हुन्छ, इरर भए सच्याइन्छ ।'


नेपालको पत्रकारिता क्षेत्रको विकास र सुधारको लागि सञ्चार मन्त्रालयले पाँचवटा कानुन अगाडि बढाएको समेत उनले बताए । सञ्चार माध्यमलाई आर्थिक रूपमा सक्षम बनाउन, न्यूनतम पारिश्रमिक अनिवार्य लागू गराउन, ठगीमाथि नियन्त्रण गर्न, मिडियालाई पारदर्शी बनाउन सरकार लागे उनको भनाइ थियो । 'मिडियाको आर्थिक विकास भयो भने मात्र व्यावसायिक पत्रकारिता हुन्छ नत्र पत्रकारिता नभएर समाजमा पर्चाकारिता हुनेछ' उनले भने, 'श्रम गर्नेको शोषण गर्न पाइँदैन ।' मन्त्री बाँस्कोटाले न्यूनतम पारिश्रमिक कुनै पनि हालतमा कानुनमा व्यवस्था भएअनुसार दिनुपर्ने बताए ।

प्रकाशित : वैशाख २८, २०७६ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?