कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले बीपी राजमार्ग अवरुद्ध, सयौं सवारी साधन रोकिए

राजकुमार कार्की

सिन्धुली — आँधीहुरीसहितको वर्षात्‌का कारण बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ को खनियाँखर्क नजिक सडकमा पहिरो जाँदा मंगलबार साँझबाट यातायात अवरुद्ध भएको छ । ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेका अनुसार उक्त क्षेत्रको चार स्थानमा पहिरो खसेको छ । पहिरो हटाउन मेसिन खोजिरहेको उनले बताए । 

काठमाडौं जाने र बाहिरिने सयौं सवारी साधन यतिखेर पहिरो पन्छाउने पर्खाइमा छन् । पहिरो पन्छाउन समय लाग्ने बताइएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७६ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?