कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

टाकुरे होमस्टेमा विदेशी

अमेरिकाबाट आएकी एलिसा पहिलो पटक पिर्कामा बसेर कोदोको ढिँडो र गुन्द्रुक खाँदा खुबै रमाइन्
अनिश तिवारी

नवलपुर, सिन्धुपाल्चोक — पर्यटकलाई स्वागत गर्न समुदायपिच्छेको संस्कृतिसहित इन्द्रावती गाउँपालिकाले इन्द्रावती–४ टाकुरेमा पहिलो पटक होमस्टे सुरु गरेको छ ।

टाकुरे होमस्टेमा विदेशी

आवास बनाउँदा पाहुना कोठा राख्दै आवास बनाएकी इन्द्रावती गाउँपालिका—४ टाकुरेकी दयाकुमारी मिश्र दुई विदेशीलाई घरमा स्वागत गर्दा खुशी भइन । ‘घुम्न आउने पर्यटक पाहुनलाई स्वागत गर्दा एकदमै खुसी लागेको छ,’ उनले वैदिक मन्त्रको विधानबाट पवित्र पार्दै आवासभित्र स्वागत गर्दै भनिन् ।


इन्द्रावती गाउँपालिकाले होमस्टेको तालिम दिएअनुरूप ब्राहृमण परम्पराको बस्तीमा त्यहीअनुसारको रहनसहन, पूजालगायतको मौलिक परम्परा अनिवार्य राखिएको उनले सुनाइन् । ‘विदेशीले ब्राहृमण परम्परागत आवाससँगै यहाँको संस्कारको पूर्ण आनन्द लिन सक्नेछन्,’ उनले भनिन् । अमेरिकाबाट सामूहिक रूपमा आएकी विदेशी एलिसाले पहिलो पटक पिर्कामा बसेर कोदोको ढिँडो र गुन्द्रुक खाँदा खुबै रमाइन् ।


तुलसीको मठ, पीपल देखेर दंग उनीसँगैको १२ जनाको टिमले समुदायको होमस्टेको उदघाट्नसँगै टाकुरेको दर्जनौं घरमा बसेर अनेक परिकार र संस्कृतिको आनन्द लिए । ‘उबेला आवास बनाउँदा अतिथि कक्ष राखेर परम्परागत शैलीमा बनाएको काम लाग्यो,’ टाकुरे माथिल्लो टोलकी खड्गकुमारी काफ्लेले भनिन् । ५ अमेरिकी पर्यटकको शिरमा कुश र दुबो लिएर काफ्लेको मौलिक परम्परा बुझाउँदै उनले स्वागत गरिन् ।


उनले पाहुनलाई इन्द्रावती क्षेत्रका विभिन्न समुदाय संस्कृतिबारे सूचना दिन सिकेको बताइन् । ‘तालिम लिएपछि धेरथोर कुरा जानेको छु, अलिअलि अंग्रेजी बोल्न जान्ने भइसके,’ उनले भनिन् ।


५ विदेशीलाई पहिलो पटक होमस्टे व्यवस्थापन गरेका तल्लो भेगका मोदनाथ मिश्र सांस्कृतिक महत्त्व बोकेका स्थलबारे सूचना दिनेबारे केही जान्ने भइसकेका छन् । ‘यहाँको हाम्रो परम्परा उहाँहरूलाई स्वागत गर्‍यौँ,’ उनले भने ।


इन्द्रावती होमस्टे समितिका अध्यक्ष थरेन्द्र मिश्रका अनुसार पर्यटकी प्रवर्द्धनको लागि इन्द्रावती–४ टाकुरेका झन्डै सय परिवार होमस्टे अभियानलाई सफल बनाउन तातेका छन् । पाहुनलाई स्वागत गर्न टाकुरेमा इन्द्रावती होमस्टे समिति नै बनाएर घरबास अभियान सुरु गरिएको इन्द्रावती गापा प्रमुख वंशलाल तामाङले बताए । ‘तत्कालैलाई तीन घरमा होमस्टे अभियान प्रयोगात्मक रूपमा लगिएको छ ,यसमा पनि विदेशी आफैँले संस्कृति समुदायको रोजेर घरबास गरेका छन्,’ तामाङले भने ।


इन्द्रावतीले पर्यटन बोर्डको सहयोगमा ५ दिने होमस्टे तालिम दिएको छ । इन्द्रावतीभर होमस्टे लक्ष्य राखेका प्रमुख तामाङले तामाङ, दनुवार, बाहृमण,श्रेष्ठदेखि माझी समुदायको मौलिकता बोकेको बस्तीको विकास गरिने बताए ।


इन्द्रावतीको नवलपुरबाट सूर्योदय र सूर्यास्तको दृश्य, रहस्यमयी रानी ओडार, दलित समुदायले बनाएको प्राचीन सरस्वती मन्दिर, तीनधारे, भीमटार भीमसेन हुँदै इन्द्रावती किनारसम्म दर्जनौँ पर्यटकीयस्थल छन् ।


‘माझी दनुवार समुदाय र नेवारको मौलिकता इन्द्रावतीले बोकेको छ, त्यसैले यहाँ होमस्टे अभियानलाई फैलाउने योजना बनाएका छौँ,’ इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले भने ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?