कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शेरा प्रतिष्ठानद्वारा तीन खेलाडीलाई सम्मान  

काठमाडौँ — राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विजेता बन्न सफल नुवाकोटका तीन खेलाडी सम्मानित भएका छन् । आइतबार शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको स्वास्थ्य सचेतना तथा सम्मान कार्यक्रममा तेक्वान्दो खेलाडी संगीना वैद्य, रेस्लर कमल तामाङ (नुवाकोटे टाईगर) र रसियन अल स्पोर्ट्स हाम्किदो च्याम्पियनसीपमा कास्य पदक विजेता प्रदीप थापालाई सम्मान गरेको हो ।

शेरा प्रतिष्ठानद्वारा तीन खेलाडीलाई सम्मान  

तीनै जना खेलाडीलाई सभामुख कृष्णबहादुर महराले जनही १० हजार १ सय नगद र सम्मान पत्र प्रदान गरे ।


कार्यक्रममा बोल्दै सभामु्ख महराले धर्म र परम्परालाई शिक्षा र चेतनामा रुपान्तरण गर्नु समाजको अग्रगामी रुपान्तरणमा महत्वपूर्ण फड्को भएको बताए ।


प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङकी दिवंगत आमा राम्री तामाङको तेस्रो वार्षिकीको अवसरमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानको तर्फबाट नुवाकोट पञ्चकन्या गाउँपालिका ३ घलेगाउँ निवासी क्यान्सरका बिरामी ६६ वर्षीय कृष्णबहादुर तामाङलाई १५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो । त्यस अवसरमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा.राजेन्द्रप्रसाद बरालले क्यान्सर रोगका कारण, प्रकृति, लक्षण तथा उपचार विधिसहित बच्ने उपायका बारेमा श्रव्य-दृश्य प्रस्तुति दिएका थिए ।


कार्यक्रममा संघीय सांसद हितबहादुर तामाङ, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवबध्वज जीसी, सहसचिव तेजबहादुर सुवेदी, राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद यादव, शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापा लगायतको उपस्थिति थियो ।

प्रकाशित : जेष्ठ २६, २०७६ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?