बालिकालाई बलात्कार गर्ने बालकलाई ७ वर्ष कैद

प्रताप विष्ट

(हेटौंडा) — बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले १६ वर्षीय बालकलाई ७ वर्ष कैदको फैसला सुनाएको छ । पीडित बालिकालाई पीडकबाट एक लाख रुपैयाँ क्षतिपूर्ति स्वरुप उपलब्ध गराउन अदालतले आदेश गरेको छ ।

जिल्ला न्यायाधीश खडानन्द तिवारीको शुक्रबार बसेको बालइजलाशले मकवानपुरको वकैया गाउँपालिका-१० का १६ वर्षीय बालकलाई १४ वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । ‘उमेर पुगेको अर्थात् १८ वर्ष पार गरेको भए दोषीलाई १४ वर्ष कैद हुने थियो’श्रेस्तेदार केशवराज कौशिकले भने, ‘नाबालक भएकाले ७ वर्षमात्र कैद गरेको हो ।’
बालक अहिले बालसुधार गृह हेटौंडामा छन् । उनको उमेर १८ वर्ष पूरा भएपछि बाँकी कैद भुक्तानीका लागि अदालतले कारागार पठाउने छ । उक्त बालकले २०७६ वैशाख ७ गते बालिकालाई बलात्कार गरेका थिए ।

प्रकाशित : जेष्ठ ३१, २०७६ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्

५४ केजी गाँजासहित २ पक्राउ

प्रताप विष्ट

हेटौंडा — भारततर्फ लैजान लागेको लागूऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । लागू औषध बोकेको ट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ५४ केजी गाँजासहित प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका-२ का गाडी धनी एवं चालक २८ वर्षीय रोहित श्रेष्ठ र भारत रक्सौलका ४४ वर्षीय सन्जय महतोलाई बिहीबार पक्राउ गरेको हो । 

पूर्व-पश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चौकीका प्रहरीले हेटौडाबाट वीरगन्ज हुँदै भारततर्फ गइरहेको ना ३ ख ५३४० नम्बरको ट्रक रोकेर चेकजाँच गर्ने क्रममा २७ वटा प्लाष्टिकको प्याकेटमा गाँजा लुकाएर राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

ट्रकको चालक बस्ने सिटमाथिको फल्सबटम बनाएर गाँजा लुकाइएको थियो। भारतको रक्सौलमा पुर्‍याउने गरी मनहरी गापाको सिमपानीबाट गाँजा लोड गरेको प्रहरी समक्ष चालक श्रेष्ठले बताएका छन्। 'उक्त गाँजा रक्सौलसम्म पुर्‍याएवापत ५० हजार रुपैयाँ भाडा पाउने प्रलोभनमा परेर गाँजा लोड गरेको हो,' उनले भने। चालक श्रेष्ठले ट्रकमा गाँजा ढुवानी गरेको यो पहिलोपटक होइन प्रहरी उपरीक्षक सिंहले भने, ‘उनले पटक-पटक पुर्‍याएको हुन सक्छ,अनुसन्धानपछि खुल्दै जाला।’

प्रकाशित : जेष्ठ ३१, २०७६ १५:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्