कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धादिङमा ८ को नीति तथा कार्यक्रम

धादिङ — धादिङका १३ स्थानीय तहमध्ये नीलकण्ठ नगरपालिका लगायत ८ वटा स्थानीयतहले आगमी आर्थिक वर्षका लागी नीति तथा कार्यक्रम र बजेट सार्वजनिकीकरण गरेका छन् । 

गल्छीका गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ छोरा भेटन अमेरिका जाँदा आफू नआउन्जेल परिषद् नबस्नु भन्ने आदेश दिएका छन् । त्रिपुरासुन्दरीकी उपाध्यक्ष देवी पाण्डे बुर्लाकोटीलाई सिमेन्ट उद्योगबाट रसिया भ्रमणमा रहेका कारण यी स्थानीय तहमा नीति तथा कार्यक्रम सार्वजनिक हुन सकेन । अन्य रूबी भ्याली, गंगाजमुना र धुनिबेंसी नगरपालिकाले तयारी नपुगेको भन्दै असार २० गतेसम्म सार्वजनिक गरिसक्ने जनाएका छन् ।


सरकारले तोकेको मिति मंगलबार नै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने खनियाँबास, नेत्रावती दबजोङ, ज्वालामुखी, सिद्वलेक, बेनिघाट रोराङ, गजुरी, थाक्रे र नीलकण्ठ नगरपालिकाले मंगलबार नै सार्वजनिक गरेका छन् ।


अधिकांश स्थानीय तहहरूले पुरानै योजनाहरू सम्पन्न गर्ने, बाह्रै महिना सडक सञ्चालन गर्न सडकको स्तरोन्नति गर्ने, खानेपानी, कृषिमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।


नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगानाले चालू आर्थिक वर्षको बजेटको समीक्षा र संशोधित अनुमानअनुसार आव २०७५/०७६ मा कुल बजेट रु. ९९ करोड ४० लाख विनियोजन गरिएकोमा चालूतर्फको रु. ६६ करोड १८ लाख ४१ हजार विनियोजनमध्ये रु. ६२ करोड ८० लाख २३ हजार खर्च हुने अनुमान गरेको छ ।


जुन कुल चालु बजेटको ९४ प्रतिशत हो । यसैगरी पुँजीगततर्फ रु. ३३ करोड २१ लाख ५८ हजार विनियोजन गरिएकोमा रु. ३० करोड ५९ लाख ७६ हजार खर्च हुने अनुमान गरेको छ, जुन कुल पुँजीगत बजेटको ९२ प्रतिशत हुन आउँछ ।

प्रकाशित : असार ११, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?