कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामेछापको पकरबासमा जिप दुर्घटना , ११ घाइते 

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको पकरबासमा सोमबार जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्थामा गम्भीर छ । 

रामेछापको पकरबासमा जिप दुर्घटना , ११ घाइते 

मन्थलीबाट दोरम्बा जान लागेको हिमगंगा यातायात समितिको बा १ ज ६४४१ नम्बरको टाटा सुमो जिप पकरबासको भिमसेनस्थान नजिक दुर्घटनामा परेको थियो । सडकबाट करिब २० मिटर तल खसेर भएको उक्त दुर्घटनाको कारण खुलेको छैन ।


वडाध्यक्ष धनबहादुर मानन्धरका अनुसार घाइते मध्ये सुनारपानीका सिताराम आचार्य र टोकरपुर सिगार्चेकी पदमकुमारी थापामगर गम्भीर छन् ।


दुर्घटनामा परेका अन्य घाईतेहरुमा टोकरपुरकै श्याम पहरी, मिनवहादुर पहरी , पवित्रादेवि थापामगर, भिरपानीका ध्यानवहादर तामाङ, पकरवासकी रमा तामाङ, खाँडादेविका गोपी रायमाझी, मझुवाका अनिषा योञ्जन र अनिता घिसिङ रहेका छन् । उनीहरु सबैलाई उपचारका लागि मन्थलीतर्फ पठाइएको मानन्धरले बताए ।

प्रकाशित : असार १६, २०७६ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?