कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शरीरभरी सिक्कैसिक्का

अनिश तिवारी

(सिन्धुपाल्चोक) — राष्ट्रिय झण्डासँगै रुद्राक्ष, त्रिशुल । लट्टा परेको टुप्पीदेखि पाउसम्मको कपडामा विभिन्न देशको आर्कषक सिक्का टाँसीएको छ । यस्तो अचम्मको भेषभुषा देख्ने जोकोहीलाई लाग्छ यिनी कुनै चटकी या कुनै जादुगर, सन्यासी हुन् । जे भएपनि विश्व शान्तीको कामना गर्दै ७ वर्षदेखि विभिन्न स्थान भौतारिरहेका ‘सिक्का बाबा’लाई देख्नेबित्तिकै दंग पर्दै सोधपुछ र तस्विर खिचाउनेको भिडले छोपिहाल्छ । 

शरीरभरी सिक्कैसिक्का

सिक्का बाबा अर्थात् कास्की हेम्जाका सन्यासी रामबहादुर परियारलाई शुक्रवार बाह्रबिसे बजारको बीच छिचोल्न हम्मे पर्‍यो । ‘टोपी, सर्ट र पाइन्टसम्म दुई सय ६ मुलुकको सिक्का टाँसिएको छ, नेपालबाहेक केही विदेशी मुलुक विश्व शान्तीको कामना गर्दै भ्रमण गरे,’उनले आफ्नो शरिर माथिदेखि तलसम्मको सिक्का देखाउँदै भने । भिडलाई चिरेर बल्ल प्रहरीकोमा विश्राम गर्न पुगेका उनले आफुलाई भेट्न आउनेलाई विश्व शान्तीको लागि मिलिजुली गरेर बस्न सन्देश दिए ।


‘हामी सबै एकै मानव हौ, पृथ्वी हाम्रो जननी हुन्, लडाइ झैझगडा गरेर के फाइदा ? मिलीजुली बसौ,’ उनले आफुसँग तस्विर खिचाउन आउनेहरूलाई भन्दै थिए । देशभरका प्रसिद्ध धार्मिकस्थल,गुफा, पर्यटकीय नगरदेखि सन्त महात्मालाई भेट्दै सीमाक्षेत्र तातोपानी पुग्ने लक्ष्य बोकेर यहाँ आएको उनले प्रष्ट्याए । शक्तिशाली मुलुक आपसमा भिड्दा सानो मुलुक ध्वस्त हुने उनको विश्व शान्तीको नारामा उल्लेख छ । बढ्दो वैज्ञानिक प्रयोग र रसायनिक प्रयोगले प्रकृतिको स्वभावलाई खलबल्याएर विश्वमा जलवायु परिर्वतनजस्तो जटिल समस्या आएको उनको भाव थियो । सिक्का बाबा भएर यत्तिसम्मको यात्रा र नाम कमाइएला भनेर परियारले जिन्दगीमा कहिल्यै कल्पना पनि गरेका थिएनन् । पुख्यौली पेशा जुत्ता सिलाइरहेका परियारको सधैजसो साधारण दैनिकी थियो । सामान्य परिवारका सिक्का बाबाको आम्दानी बिहान कमाउने बेलुकी खाने हुनथ्यो । ‘दुई वर्ष लगाएर भएपनि ८० देशको सिक्का जम्मा पारे, शरिरभर टाँसेर सन्यासी बन्दै भ्रमण गर्न थाले, ’उनले अतित सम्झदै भने । केही समयमा एकसय ८० देशको सिक्का संकलन गरेपछि शरिरको कपडामा टास्दै गिनिज बुकमा रेकर्ड राख्ने र विश्व शान्ती फैलाउने उद्देश्य लिएर उनले यात्रा सुरु गरे ।


कहिले पैदल , कहिले सवारी जनतामाझ जनताकै अन्नपात खाएर उनले विश्व शान्तीको लागि नेपालबाट यात्रा अभियान गरिरहेका छन् । पोखराको एक गुफामा तपस्यास्थल निर्माण गरिरहेको सुनाउँदै उनले विश्वमा शान्तीको लागि सबै एक भएर लाग्न प्रेरित गरे ।

प्रकाशित : असार २१, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?