कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले गुर्जेभञ्ज्याङ-छहरे सडक अवरुद्ध

कृष्ण थापा

नुवाकोट — शनिबार राति परेको अविरल वर्षाले गुर्जेभञ्ज्याङ–छहरे सडक खण्डमा पर्ने गुर्जेमा पहिरो गएर सडक अवरुद्ध भएको छ । शिवपुरी गाउँपालिका ६ र ७ वडाका विभिन्न स्थानमा साना-ठूलो पहिरो गएको छ ।

पहिरोले गुर्जेभञ्ज्याङ-छहरे सडक अवरुद्ध

उक्त सडक खण्ड अवरुद्ध भएपछि दर्जनौं सवारी साधन बीचबाटैमै रोकिएका जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले बताए । एउटा टिपर पहिरोमा फसेकाले स्काभेटरको सहायताले निकाल्ने कार्य भइरहेको उनले बताए ।


सोही सडक खण्डको काठमाडौंको तारकेश्वर नगरपालिको झोर–गुर्जेभञ्ज्याङ खण्डमा पुल बगाएपछि अवरुद्ध भएको छ ।


उक्त मार्ग आवतजावत गर्ने जिल्लाको छोटो सडक हो ।

प्रकाशित : असार २२, २०७६ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?