सडक भासिँदा धादिङ सदरमुकामका आधा दर्जन घर जोखिममा
धादिङ — सदरमुकामको सिरानबजारस्थित मुख्य सडक भासिँदा ६ वटा घर चर्किएका छन् । थोपाल खोला बग्ने उक्त स्थानमा विगत ४ वर्ष अगाडि घडेरी बेच्न सडक खनेपछि मूल सडक भास्सिएको हो ।
भास्सिएको मूल सडक मर्मत गर्न सडक विभागले ढिलाइ गर्दा बजार जोखिममा परेको स्थानीयले बताएका छ्न् । शुक्रबार बिहान सडकसँग जोडिएका धनबहादुर गुरुङ लगायतका आधा दर्जन घर चर्किए ।
निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना लगायत सुरक्षा निकायले अनुगमन गरी घर खाली गर्न आग्रह गरेका छन् । भरतपुरस्थित सडक डिभिजन कार्यालयलाई थप विवरण संकलन गर्न खबर गरिएको ढुंगानाले बताए ।
प्रकाशित : असार २७, २०७६ ०८:२७प्रतिक्रिया