कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्र्याक्टर दुर्घटनामा चालकको निधन

रमेशकुमार पौडेल

चितवन — खेत जोतेर फर्कँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा शनिबार पूर्वी चितवनको रत्ननगरमा एकजनाको ज्यान गएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार रत्ननगर नगरपालिका-१६ खैरेटीमा खेत जोतेर फर्कँदै गरेको ना ७ त ४११ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ खेतबाट झण्डै १५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइते चालकको उपचारको क्रममा निधन भएको हो ।

दिउँसो पौने १ बजे भएको घटनापछि चालक नारायण भन्ने झवराज न्यौपानेलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । पौने दुई बजे उनको निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी एकनारायण कोइरालाले जानकारी दिए । त्यसै गरी शनिबार मध्यान्ह पृथ्वीराजमार्गमा बस र ट्रिपर ठक्कर खाँदा १२ जना घाइते भएका छन् ।


इच्छाकामना गाउँपालिका-३ चुम्लिङटारमा काठमाडौंबाट दाङतर्फ आउँदै गरेको ना ७ ख ६५४४ नम्बरको बस र मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ३०३४ नम्बरको ट्रिपर पौने १२ बजे एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । बसमा रहेका ३२ जना यात्रुमध्ये १२ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय मेडिकमा नै उपचार भएको छ ।

प्रकाशित : असार २८, २०७६ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?