पहिरोले घर बगाउँदा एकै परिवारका तीन बेपत्ता

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको दुधौली नगरपालिका १२ जिनाखुमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनजना बेपत्ता भएका छन् । 

स्थानीय हिराबहादुर पौडेलको घर पहिरोले बगाउँदा उनकी श्रीमती ३० वर्षीया सुनिता पौडेल, छोरी १० वर्षीया सविता पौडेल र छोरा सागर पौडेल बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरोमा चौपाया, अन्नपात सबै बगाएको प्रहरीले जनाएको छ । हिरालाई भने सकुशल उद्धार गरिएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जनाए । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २८, २०७६ १९:२८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बेपत्ता आमा र दुई छोरा मृत भेटिए

कान्तिपुर संवाददाता

विराटनगर — भोजपुरको रामप्रसाद राई गाउँपालिका ५ मा झरेको पहिरोले घरसहित पुरिएका एकै परिवारका आमा र दुई छोरा मृत भेटिएका छन् ।

स्थानीय कुमार राईको भान्सा घरसहित पुरिएर उनकी ३५ वर्षीया श्रीमती मनकुमारी, छोराहरु १७ वर्षीय शिवकुमार र १५ वर्षीय शक्तिकुमार बेपत्ता भएका थिए ।खोजीका क्रममा तीनैजना शव फेला पारिएको भोजपुर प्रहरी प्रमुख नरबहादुर मगरले बताए ।

प्रकाशित : असार २८, २०७६ १९:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT