कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रकको ठक्करबाट एक भारतीयको मृत्यु

रासस

धादिङ — पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका–६ खयरघारीमा बुधबार राति भएको दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट एक भारतीयको मृत्यु

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको लु१ख ४९६६ नंको ट्रकले पैदलयात्री भारतीय नागरिक पश्चिम चम्पारनका ४० वर्षीय सत्यनारायण दासलाई ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भोलामानसिंह अधिकारीले जानकारी दिए ।


दुर्घटनापछि घाइते भएका दासको धार्केस्थित शिवदर्शन अस्पतालमामा उपचारपछि थप उपचारका लागि नेशनल अस्पताल कलङ्की काठमाडौँमा लगिएकोमा उपचारकै क्रममा आज बिहान मृत्यु भएको थियो । दुर्घटना गराउने सवारीसाधन र सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित : श्रावण २३, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?