बालुवा निकालेको खाल्डोमा डुबेर दुईको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार दुईको मृत्यु भएको छ ।

ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैधरूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षीया बिनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार साँझ साढे ५बजेतिर खोलाकिनारमा खेल्न गएकी बालिका डुबेपछि उद्धार गर्न गएकी अर्की महिलाको पनि सोही खाल्डोमा डुबेर मृत्यु भएको हो।

स्थानीयवासीले खोलामा अवैधरूपमा बालुवा उत्खनन गर्ने व्यक्तिका कारण दुर्घटना भएको भन्दै विरोध गरिरहेका छन्।

प्रकाशित : श्रावण २८, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ईपीएल फागुनमा

कान्तिपुर संवाददाता

काठमाडौँ — एभरेस्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करण फागुन १७ देखि चैत १ (फेब्रुअरी १९ देखि मार्च ४) सम्म हुने भएको छ । ईपीएलको यसअघिका दुई संस्करण डिसेम्बरमा हुँदै आएको थियो । यसपालि पनि प्रतियोगिता तीन शनिबार आयोजना हुनेछ । 

चिसो मौसम रहने भएकाले बिहानका खेलहरू केही ढिला गरी सञ्चालन हुने आयोजक ईपीएलले जनाएको छ । प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेटका एक ठूला नामभएका खेलाडी राख्न अनिवार्य गरिएको छ । ती खेलाडीलाई आइकोनिक खेलाडीका रूपमा राखिने भएको छ । ईपीएलमा चार विदेशी खेलाडी राख्न पाउने नियम छ ।

ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले आइकोनिक खेलाडी समेट्दा प्रतियोगिताले नयाँ आयाम थप्ने जनाएका छन् । ६ फ्रेन्चाइज टोली सहभागी हुने प्रतियोगिता गत संस्करण ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गरी जितेको थियो ।

प्रतियोगिताको मिति र आधिकारिता पाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग पत्राचार गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित : श्रावण २८, २०७६ ०८:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT