कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङेलाई तत्काल शपथ नखुवाइने  

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशसभाले मनाङ (ख) बाट निर्वाचित दीपक मनाङे भनिने राजीव गुरुङलाई तत्काल शपथ नखुवाउने भएको छ । सभामुख नेत्रनाथ अधिकारीको अध्यक्षतामा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कानुन अनुसार हुने भन्दै तत्काल शपथ नखुवाउने निर्णय गरेको हो । 

मनाङेलाई तत्काल शपथ नखुवाइने  

निर्वाचन आयोगको कानुन अनुसार शपथ खुवाउन अयोग्य ठहर्ने देखिएकाले तत्काल सपथ नखुवाउने निर्णय भएको सभामुख अधिकारीले बताए । ‘सबै सदस्यको एउटै राय र व्याख्या भएपछि यस्तो निर्णय भयो,’ उनले भने, ‘यसको जानकारी गुरुङलाई लिखित रूपमा दिनेछौँ ।’


सर्वोच्चको आदेशबाट जेलमुक्त भए लगत्तै पुस १२ मा गुरुङले सपथ गराई पाऊँ भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका थिए ।

प्रकाशित : पुस २२, २०७५ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?