१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

बहुबिवाह मुद्दामा फरार प्रतिवादी पक्राउ

स्याङ्जा — बहुविवाहको मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका पुतलीबजार नगरपालिका–१३ का आत्मप्रसाद श्रेष्ठ आइतबार पक्राउ परेका छन् ।

२०६२ वैशाख २१ गते जिल्ला अदालतको फैसलाले १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।


अदालतको फैसलापश्चात उनी रूपन्देही जिल्लाको मंगलापुर एरियामा लुकिछिपी बस्दै आएका खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।


श्रेष्ठलाई प्रहरीले आइतबार जिल्ला अदालतमा हाजिर गराएको थियो । लम्सालका अनुसार श्रेष्ठलाई आइतबार नै तोकिएको कैद र जरिवाना असुल उपरको लागी जिल्ला कारागार चलान गरिएको छ ।

प्रकाशित : पुस ३०, २०७५ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?