कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस तनहुँ विभाजित, नेता जोशी पक्षको छुट्टै जिल्ला कार्यसमिति

प्रताप रानामगर

दमौली — जिल्ला कार्यसमिति असक्षम भएको भन्दै नेपाली कांग्रेसका पूर्वसह–महामन्त्री गोविन्दराज जोशीले विशेष अधिवेशन गरेका छन् । अधिवेशनको मङ्गलबार उद्नघाटन गर्दै नेता जोशीले वर्तमान जिल्ला कार्यसमिति इतिहासकै असक्षम भएको भन्दै विशेष जिल्ला अधिवेशन गरेको बताए ।

कांग्रेस तनहुँ विभाजित, नेता जोशी पक्षको छुट्टै जिल्ला कार्यसमिति

‘जिल्ला कार्यसमिति असक्षम भएका कारण प्रदेश र प्रतिनितिधि सभामा कांग्रेसले सबै सिट गुमाउन परेको छ, उनले भने,‘त्यसैले कांग्रेसको साख राख्न विशेष अधिवेशन गरेका हौँ ।’


सक्कली कांग्रेस आफू भएको दाबी गर्दै कार्यकर्तालाई विचलित नहुन जोशीले आग्रह गरे । नेपाली कांग्रेस पार्टी कार्यालयमा गएर नवगठित पदाधिकारी तथा सदस्यलाई पदस्थापन गर्ने भनिए पनि सफल भएनन् । नेपाली कांग्रेस तनहुँले जोशी पक्षलाई प्रवेश गर्न नदिएपछि जोशी पक्ष आक्रोशित हुँदै फर्केका थिए ।


जोशीले गरेका विशेष अधिवेशनबाट डिल्लीराम अधिकारीको सभापतित्वमा जिल्ला कार्यसमिति चयन गरेको छ । सचिवमा चिनु पोखरेल, कोषाध्यक्षमा बालकृष्ण पौडेल चयन भएको अधिवेशनका निर्वाचन अधिकृत हरिशरण पण्डितलले बताए ।


तर, नेपाली कांग्रेस तनहुँले विशेष अधिवेशन पार्टीको विधि र विधान विपरीत भएको कार्यवाहक सभापति जीतप्रकाश आलेले बताए । ‘पार्टीको विशेष जिल्ला अविधेशनको बारेमा विधानमा व्यवस्था छैन’, उनले भने, 'कसरी विशेष अधिवेशन हुन्छ ?’


विधानमा २५ प्रतिशत क्षेत्रीय प्रतिनिधिले हस्ताक्षर गरेर मात्र अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने व्यवस्था छ । कुनै पदाधिकारी र सदस्यमाथि अविश्वासको दर्ता गर्नुपर्छ ।

प्रकाशित : माघ ८, २०७५ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?