कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जेसीबी दुर्घटनामा चालकको मृत्यु

स्याङ्जा — जिल्लाको वालिङ नगरपालिका-१२ लाम्पाटामा घडेरी खार्ने क्रममा जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । 

मंगलबार दिउँसो लु.१.प. २२०३ नम्बरको जेसीबी बाटोबाट करिब ३० मिटर तल बारीमा खस्दा चालक अर्घाखाँची शिवगंगा नगरपालिका-१३ बस्ने २७ वर्षीय कृष्ण परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक नवीनकृ्ष्ण भण्डारीका अनुसार जेसीबी दुर्घटनामा परियार र जग्गाधनी वालिङ नगरपालिका-१२ बस्ने वर्ष ४४ भक्तबहादुर गोतामे घाइते भएका थिए । दुवै जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पुर्‍याएकोमा चालक परियारलाई चिकित्सकले मृत घोषणा गरेक प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।


घाइते गोतामेलाई भने थप उपचारको लागि पोखरा रिफर गरिएको छ । उनको टाउकोमा चोट लागेको छ । घटनाबारे अनसन्धान भइरहेको छ ।

प्रकाशित : माघ २९, २०७५ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?