कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ हजार पोखरेली दौडँदै

कान्तिपुर संवाददाता

पोखरा — आगामी मंगलबार हुने १३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनको तयारी पूरा भएको आयोजक भूपूखेलाडी मञ्चले जनाएको छ । मञ्चले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष तेज गुरुङले ५ हजार पोखरेली सहभागी धावकहरूसँगै दौड्ने बताए ।

मंगलबार बिहान साढे ६ बजे पोखरा रंगशालामा सुरु हुने यस पटकको प्रतियोगितामा धावकको हौसला बढाउन तेन्जिङ शेर्पा र कुसाङ गुरुङ उपस्थित हुनेछन् ।


शेर्पा १३ औं पटक सगरमाथा आरोहण गरेर गिनिज बुक्स अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल हुन् भने गुरुङ माउन्ट किनाबुलु मलेसियामा १९९१, १९९२ र १९९३ मा कीर्तिमानी अन्तर्राष्ट्रिय धावक हुन् ।


नायिका तथा सगरमाथा आरोही रोजिता बुद्धाचार्य, देउराली चाम्लिङ, अन्नपूर्ण पोस्टका सम्पादक अखण्ड भण्डारी, स्तन क्यान्सरविरुद्धकी अभियन्ता एवम् भलिबलकी राष्ट्रिय खेलाडी मञ्जु गुरुङ, बोस्टनका याम पौडेल र पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङसमेत सहभागिताका लागि पोखरा आइसकेको जानकारी कार्यक्रममा दिइयो । प्रतियोगिता सफल पार्न पोखरेली मञ्च यूकेले आयोजकलाई ७ लाख ५० हजार सहयोग गरेको छ ।


यसैगरी अमेरिकाको बोस्टन र न्यू ह्याम्पसायरलाई आफ्नो कर्म क्षेत्र बनाएका नेपालीले ३ लाख रुपैयाँ सहयोग गरेका छन् । हङकङवासी नेपालीहरूबाट ५ लाख ४७ हजार सहयोग प्राप्त भएको अध्यक्ष गुरुङले बताएका छन् । प्रतियोगिताका लागि हालसम्म २८ लाख रुपैयाँ स्वदेश तथा विदेशबाट संकलन भएको जानकारी उनले दिए । प्रतियोगिताका लागि मूल आयोजक समितिले २६ वटा उपसमिति बनाएको छ भने हालसम्म ३ सय ५७ वटा संघसंस्थासँग समन्वय गरेको छ ।


बर्सेनि फागुन ७ मा हुँदै आएको म्याराथनमा यस पटक पुरस्कारको राशिमा वृद्धि गरिएको छ । ४२ किमिको मुख्य विधाको पुरस्कारको राशि ७० हजारबाट १ लाख बनाइएको छ । विभिन्न विधामा २८ धावक पुरस्कृत प्रतियोगिताका सबै पुरस्कारको राशि वृद्धि गरिएको अध्यक्ष गुरुङले बताए ।


सन २००२ बाट हुँदै आएको प्रतियोगितामा आन्तरिक र विदेशी धावक सहभागी हुने गरेका छन् । प्रतियोगितामा ४२ किमि खुला म्याराथन, १० किमि महिला र पुरुष दौड, छात्रछात्रा ५ किमि दौड, ४ सय मिटर हवलचियर दौड र सय मिटर महिला, दृष्टिविहीन र सबैका प्रकारका सहभागीका लागि रन फर फनको विधा निर्धारण गरिएको । ४२ किमिको म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेका लागि क्रमश: १ लाख, ८० हजार र ६० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?