कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोटरसाइकल र बस ठोकिँदा दुईको मृत्यु 

प्रताप रानामगर

दमौली — तनहुँको घाँसीकुवामा शनिबार मोटरसाइकल र बस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका १४ गोपलिङ्गका २१ वर्षीय माधव दरै र १६ वर्षीय सुरज परियार रहेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए । दुर्घटनामा गम्भीर घाइते भएका दरैको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

परियारको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । दरै मोटरसाइकल चालक हुन भने परियार मोटरसाइकल पछाडि सवार थिए ।


डुम्रेबाट पोखरा जाँदै गरेको ग ३९ प ९५३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ४७८० नम्बरको बस एक आपसमा ठोक्किएको हो ।



प्रकाशित : फाल्गुन ११, २०७५ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?