२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

कर तिर्ने भएपछि प्याराग्लाइडिङ सञ्चालनमा रहने

रासस

पोखरा — पोखरामा प्याराग्लाइडिङ उडान सञ्चालन गर्दै आएका कम्पनीले पोखरा महानगरपालिकालाई कर तिर्ने सहमति गरेपछि बुधबारदेखि बन्द गर्ने भनिएको उडान पूर्ववत्‌ रुपमा नै सञ्चालन रहने भएको छ ।

कर तिर्ने भएपछि प्याराग्लाइडिङ सञ्चालनमा रहने


उडान कम्पनीले २०७२ सालदेखि हालसम्मको कर नतिरेको भन्दै महानगरपालिकाले ती उडान बुधबारदेखि बन्द गर्ने चेतावनी दिएपछि मङ्गलबार साँझ महानगरपालिका र हवाई खेलकूद संस्था, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ सङ्घ (नेफा)बीच भएको सहमतिका आधारमा व्यवसायी कर तिर्न सहमत भएका हुन् ।


महानगरपालिका–१८ का वडाध्यक्ष रणबहादुर थापाका अनुसार समहतिसँगै आगामी एक हप्ताभित्र प्रत्येक कम्पनीले रु ८६ हजारका दरले कर तिर्ने भएका छन् । सहमतिअनुरुप, एक हप्ताभित्र उक्त शुल्क नतिर्ने कम्पनीलाई उडान गर्न नदिइने उनले जानकारी दिए । पोखरामा ६० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीले उडान गर्दै आएका छन् ।

प्रकाशित : फाल्गुन २२, २०७५ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?