कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मदिराको सुरमा साथीको हत्या, दुईजना पक्राउ 

दिप्ती सिलवाल

पर्वत — सँगै मदिरा सेवन गरेर घर र्फकनेक्रममा आफ्नै साथीलाई कुटेर मारेको अभियोगमा मोदी गाउँपालिका-८ का दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोदी-८ चित्रेका दलबहादुर नेपाली र रविन सुनार छन् । 

प्रहरीका अनुसार बुधबार साँझ गाउँको एक भट्टीमासँगै मदिरा सेवन गरि घर र्फकनेक्रममा सामान्य विवाद हुँदा ३३ वर्षीय गंगाप्रसाद विकलाई ३ जनाले कुटपिट गरि हत्या गरेका हुन् ।


पक्राउ परेका आरोपितहरुले प्रहरीसँगको प्रारम्भिक बयानमा चारजनासँगै बसेर मदिरा पिएको र र्फकने क्रममा विवाद भएपछि गंगाप्रसादलाई तीनजना मिलेर कुटपिट गर्दा मृत्यु भएपछि जंगलमा मिल्काएको बताएका छन् ।


'संगै र्फकंदा ३ जनाले कुटेपछि उसको मृत्यु भएको हो,' उनीहरुको बयानलाई उर्द्धत गर्दै प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले भने, 'मुख्य आरोपी अझैसम्म फरार छ ।' पक्राउ परेकाहरुलाई बिहीबार जिल्ला अदालत पर्वतबाट ७ दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


फरार रहेका मुख्य आरोपी कृष्णबहादुर सुनारको खोजीकार्य तीब्र पारिएको प्रहरी निरीक्षक एवं अनुसन्धान अधिकृत रविन्द्र सुनारले बताए । घटनाबारे अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षक तिवारी, प्रहरी निरीक्षक श्रेष्ठलगायतको प्रहरी टोलीले घटनास्थल र गाउँमा निगरानी गरिरहेको छ ।


यसअघि कुनै मनमुटाव नभएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएकोले मदिराको नसा घटनाको मुख्य कारण भएको प्रनाउ तिवारीले बताए ।

प्रकाशित : चैत्र १५, २०७५ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?