कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुख्खा पहिरो पन्छाउन गएका ३ सैनिक घाइते

प्रकाश बराल

बागलुङ — सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउन गएका तीन सैनिक जवान घाइते भएका छन् । काठेखोला गाउँपालिका-८ लेखानी देखि वडा नं. ५ कर्लिम जाने सडक केही दिनदेखि अवरुद्ध थियो ।

स्थानीय वडा अध्यक्षहरुको आग्रहमा सेनाको अर्जुनबाँण गणका जवानहरु सडक खुलाउन गएकोमा शुक्रबार बिहान थप पहिरो खसेर घाइते भएको गणपति भुवनराज देवकोटाले बताए ।


एक जवानको टाउकोमा र दुईजनाको हात तथा छातीमा चोट लागेको छ । उनीहरुको प्राथमिक उपचार गणमै गरिएको छ । सेनाको व्यारेकमा अन्य काम विशेषले हेलिकोप्टर आएकोले थप उपचारका लागि छाउनीस्थित सैनिक अस्पताल पठाइएको उनले जानकारी दिए ।


सेनाले घोडाबाँधेस्थित व्यारेकबाट काठेखोलाका गाउँमा विकास निर्माण अभियानमा सहयोग गर्दै आएको छ ।

प्रकाशित : चैत्र १५, २०७५ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?