सुख्खा पहिरो पन्छाउन गएका ३ सैनिक घाइते
बागलुङ — सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउन गएका तीन सैनिक जवान घाइते भएका छन् । काठेखोला गाउँपालिका-८ लेखानी देखि वडा नं. ५ कर्लिम जाने सडक केही दिनदेखि अवरुद्ध थियो ।
स्थानीय वडा अध्यक्षहरुको आग्रहमा सेनाको अर्जुनबाँण गणका जवानहरु सडक खुलाउन गएकोमा शुक्रबार बिहान थप पहिरो खसेर घाइते भएको गणपति भुवनराज देवकोटाले बताए ।
एक जवानको टाउकोमा र दुईजनाको हात तथा छातीमा चोट लागेको छ । उनीहरुको प्राथमिक उपचार गणमै गरिएको छ । सेनाको व्यारेकमा अन्य काम विशेषले हेलिकोप्टर आएकोले थप उपचारका लागि छाउनीस्थित सैनिक अस्पताल पठाइएको उनले जानकारी दिए ।
सेनाले घोडाबाँधेस्थित व्यारेकबाट काठेखोलाका गाउँमा विकास निर्माण अभियानमा सहयोग गर्दै आएको छ ।
प्रकाशित : चैत्र १५, २०७५ १५:३३प्रतिक्रिया