कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

चन्द समूहका जिल्ला सेक्रेटरीसहित दुईजना पक्राउ

प्रतीक्षा काफ्ले

स्याङ्जा — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई नेता-कार्यकर्ता बिहीबार साँझ पक्राउ परेका छन् । मोटरसाइकलमा लुकिछिपी भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पुतलीबजार नगरपालिका-१३ स्थित छहरीखोलामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।

चन्द समूहका जिल्ला सेक्रेटरीसहित दुईजना पक्राउ

कास्कीकाे पोखरा महानगरपालिका-२७ घर भई हाल स्याङ्जा रहदैँ आएका चन्द समूहका स्याङ्जा जिल्ला सेक्रेटरी ३३ वर्षीय गोकुल पराजुली पक्राउ परेका हुन् । एसपी लम्सालका अनुसार चन्द समूहको मजदुर महासंघका अध्यक्ष बताउने रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका-१ का २९ वर्षीय जीवन भनिने गोविन्द ओली पक्राउ परेका हुन् ।


दुवै जनालाई राज्य विरूद्धको अपराध र विष्फोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धानका लागि शुक्रबार अदालतबाट तीन दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी नवीनकृष्ण भण्डारीले बताए ।

पक्राउ परेकाको साथबाट प्रहरीले बम विस्फोट गराउँदा प्रयोग गरिने सामग्री, चन्दा उठाउने रसिद, स्थानीय तहमा चन्दा माग्नको लागी पत्र काटेको अर्धकट्टीलगायत बरामद गरेको बताएको छ ।

उनीहरुलाई विभिन्न स्थानमा बम पड्काएको, वालिङ् नगरपालिका-१२ सिर्सेकोटमा रहेको एनसेलको टावर ध्वस्त पारेको, सर्वसाधारणलाई तर्साउने र नक्कली (होक्स) बम राख्ने, पार्टीको पर्चासहित अपराधिक क्रियाकलाप गरेको आरोप समेत रहेको डीएसपी भण्डारीले बताए । सरकारले प्रतिबन्ध लगाएको हुँदा प्रहरीले कडाईका साथ चन्द समूहका नेता-कार्यकर्तालाई विशेष निगरानी गरेको बताएको छ ।

प्रकाशित : चैत्र १५, २०७५ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?