कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेताले बिर्से पानीको माग

नवीन पौडेल

नवलपुर — धारामा पानी नआउने होइन, आउँछ । धेरैका भाँडा नभरिँदै वितरण बन्द हुन्छ । त्यसपछि सुरु हुन्छ खाली गाग्री र ग्यालन लिएका लश्कर खोलातर्फ । पूर्वी नवलपरासीको देवचुली–४ झाक्रेको समस्या हो यो ।

‘विहान जहिल्यै छिटै उठ्यो, पानीको लाइनमा भाँडा राख्यो,’ स्थानीय विष्णु सुवेदी भन्छिन् ‘पालो नआउँदै धाराबाट पानी खस्न बन्द भएपछि खोलातिर धायो ।’ मागको अनुपातमा वितरण निकै कम हुने गरेकाले धारामा आउने पानीले गाउँलेलाई पुग्दैन ।


घण्टौ लाईनमा बस्नुपर्ने र पालो आउन पनि मुस्किल हुने भएपछि अधिकांसले खोलाको पानी पिउने गर्दछन् । मानिसका लागि फिल्टर गरेर खाने गरेको विष्णु सुवेदीले बताईन् । ‘चुनावको समयमा एक वर्ष भित्र विजुली बत्ति, शुद्ध पिउने पानी ल्याउछौ भनेर नेताले भोट मागे,’ उनले दुखेसो गरिन्, ‘एक ग्राग्रि पानीका लागि घण्टौ कुर्नुपर्ने र खोलाको पानी पिउनुपर्ने बाध्यता हुदा नगरवासी हौ भन्न पनि लाज लाग्ने अवस्था छ ।’


पानी अभाव हुदा विशेष गरेर गृहणीलाई बढी समस्या छ । विहान घण्टौ लाईनमा बसेर एक ग्राग्री पानी ल्याउन जादा खाना पकाउन ढिला हुने र छोराछोरी विद्यालय पठाउन सधै हतारोमा हुने गर्दछन् । ‘स्मार्ट सिटीको नारा दिने जनप्रतिनिधीले पानीको हाहाकार हुदा पनि वास्ता गरेका छैनन् ।’स्थानीय इन्द्रादेवी विश्वाले भनिन्,‘हामीलाई ठुलो विकासको नारा होईन विहान बेलुका शुद्ध पियने पानी उपलब्ध हुने वातावरण मिलाईदीनु पर्यो ।’


पानीको विषयमा अधिकासं समय यहां स्थानीय बिच झैभगडा पनि हुने गरेको छ । कपडा धुन , चौपाय पाल्न पनि समस्या छ । उद्यम गर्न नपाएपछि आर्थिक अवस्था पनि कमजोर हुदै गएको भन्दै तत्काल पानीको धारा थप गरेर चौविसै घण्टा धारामा पानी आउनुपर्ने माग गरेपनि अहिले सम्म सुनुवाई भएको छैन् ।


दिव्यपुरी खानेपानी आयोजनाले यहां पानी वितरण गर्ने गर्दछ । सहजरुपमा पानी उपलब्ध गराउन पटक पटक पाईपलाईन विस्तार गर्ने भनेपनि पुरा हुन सकेको छैन् । जनप्रतिनिधीले पानीको धारा भन्दा पनि सडक विस्तार गर्न र पुल बनाउन तर्फमात्र ध्यान दिएका छन् ।


‘हामीले दुई वर्ष सडकलाई प्राथमीकतामा राखेर काम गर्यौ ।’ वडा नम्बर ४ का अध्यक्ष गिर बहादुर थापा क्षेत्रीले भने,‘आगामी एक वर्ष भित्र झाक्रेमा खानेपानीको समस्या हुदैन् । पाईप विस्तार गर्ने बित्तिकै पर्याप्त पिउने पानी उपलब्ध हुनेछ ।’


मैनाघाटमा पनि उस्तै

जिल्लाको चोरमारा देखी १७ किलोमीटर उत्तरमा रहेको मध्यविन्दु नगरपालिकाको मैनाघाटमा पनि खानेपानीको समस्या छ । एक गाग्रो खानेपानी ल्याउन करिब एक घण्टा हिड्नुपर्ने बाध्यता छ । बर्षौ देखिको खानेपानी समस्या समाधान गर्न सकिने बैकल्पिक उपाएको खोजि नहुदा स्थानीय हिउंदका सात महिना समस्यामा पर्ने गरेका छन् ।


गाउँमा खानेपानीको उचित र दिर्घकालिन स्रोत नहुदा नवलपरासिको मैनाघाट भेडाबारिका कतिपय स्थानीयको दैनिकी खानेपानीको जोहो गर्नमै बित्ने गरेको छ ।२१ बर्ष अगाडि बनाइएको धाराको मुहान सुकेपछी करिब एकसय परिवार रहेको गांउमा खानेपानीको समस्या भएको हो । अहिले उनीहरू १ घण्टा ओरालो हिडेर खोल्साको पानि खान बाध्य छन्।


त्यसमाथि बर्षातको समयमा खोल्साको पानि धमिलो हुने र चिप्लो बाटोका करण जोखिम बढेपछि स्थानीय आकासे पानि संकलन गरेर खान विवश छन । बिदाको दिनमा त स्कुले बिद्यार्थिहरूको काम दिनभरि पानि बोक्ने हुन्छ । पानिकै अभावले राम्रो उब्जनि हुने करेसा बारिहरू समेत बाँझै छन् ।

प्रकाशित : वैशाख १२, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?