एउटा कुकुरले २ जनाको रखवारी

मानिसले कुकुर पालन बाँदर आतंकबाट खेतीबाली जोगाउन मात्रै नभएर पशुबस्तुको हेरचाहका लागि समेत गर्न थालेका छन्
दिप्ती सिलवाल

लेकफाँट, पर्वत — कुकुर केका लागि पालिन्छ ? उत्तर सजिलो छ । घरको सुरक्षा (रखवारीका) लागि । विशेष तालिमप्राप्त कुकुर भए गम्भीर प्रकृतिका अपराध पत्ता लगाउन । पछिल्लो समय कुकुरको महत्व यतिमा मात्रै सीमित छैन ।

एउटा कुकुरले २ जनाको रखवारी

मानिसले कुकुर पालन बाँदर आतंकबाट खेतीबाली जोगाउन मात्रै नभएर पशुवस्तुको हेरचाहका लागि समेत पाल्ने गरेका छन् । यहाँका दुई किसानले आफ्नो ६० लाख लगानीको फर्म एक्लो कुकुरका भरमा छोड्ने गरेका छन् ।


जलजला– ४ मिलनचोकको बीच बजारमा दशकदेखि बंगुर पाल्दै आएका मनबहादुर र लालबिर पुनले एकान्त ठाउँ खोज्दै २ वर्षअघि यहाँ फर्म सारेका थिए । करिव ५० रोपनीमा फैलिएको घारेढुङ्गा माछा तथा बंगुरपालन फर्ममा अहिले २२ हजार माछा र ६७ बंगुर छन् । दुई जनाको सामुहिक लगानीको फर्ममा कामदार पाउन मुस्किल छ ।


दुई जना नै खटेर बंगुर र माछाको स्याहार गर्नुपर्छ । दाना ल्याउने र अरु कामका लागि बजार आउजाउ गर्दा फर्ममा बस्न पनि पाउँदैनन् । घना जंगलबिचको फर्मको खरवारी (हेरचाह) गर्न दुबैले भ्याउँदैनन् । तर, (गोरे) नामको कुकुरले फर्मको रखवारी चौबीसै घण्टा गरिरहेको छ ।


डेढ वर्षअघि मिलनचोककै बजारबाट सित्तैमा लगेको छाउरो बढेपछि उनिहरूलाई अहिले माछा र बंगुर जोगाउन मुस्किल छैन । २ वर्षअघि मिलनचोकबाट यहाँ फर्म सारेपछि केही समय उनीहरूलाई वन्यजन्तु र चराचुरुङ्गीले हैरान पारेका थिए । चितुवा, मलसाँप्रोलगायत जनावरले धेरै बंगुरका पाठा खाइदिएको लालबिरले बताए ।


शुरुमै २० हजार माछाका भुरा हालेको फर्ममा हुचिलले पाँच हजारबढी खाइदियो । ‘हुचिल र जंगली जनावरबाट हैरान भएपछि कुकुर पाल्ने जुक्ति आयो,’ उनले भने, ‘यसलाई पाल्न थालेपछि ठुक्क छ ।’ कुकुर पाल्न थालेपछि हुचिल र जंगली जनावरको कुनै समस्या नभएको उनले बताए । कुकुर पाल्दा मासिक एक हजार देखि १५ सय खर्च हुन्छ । ‘मान्छे राख्दा एउटैलाई कम्तिमा १५ हजार दिनुपर्छ,’ मनबहादुरले भने, ‘रखालो मात्रै २ जना चाहिन्थ्यो । एउटै कुकुरले काम गरेको छ ।’


कुकुरको घाँटीमा दुईवटा छुट्टाछुट्टै घण्टी झुण्ड्याइएको छ । फर्ममा अपरिचित मान्छे आउँदा उसले बिस्तारै टाउको हल्लाउँदै भुक्छ । त्यतिबेला सानो घण्टी बज्छ । जंगली जनावर र हुचिलले फर्मका माछा तथा बंगुरलाई आक्रमण गर्दा जोडले टाउको हल्लाउँदै भुक्छ । त्यतिबेला ठुलो घण्टी बज्छ । ‘फर्ममा कस्तो गडबडी भयो भन्ने कुरा उसले हल्लाउने घण्टीबाटै जानकारी हुन्छ,’ लालवीरले भने, ‘यसले हामीलाई धेरै सहज भएको छ ।’ कुनैबेला मध्यरातमा फर्ममा आक्रमण गर्न आउने जंगली जनावरबाट माछा र बंगुर जोगाएको घटना उनिहरूसंग छ ।


रातीको समयमा फर्मको चारैतिर देखिने गरी लाइट बल्छ । सोही लाइटको सहारामा कुकुरले जंगली जनावरबाट फर्मको रक्षा गर्दै आएको छ । कुकुरलाई बस्नका लागि फर्मको छेउमा सबैतिर देखिनेगरि जस्ताको छानो हालेर छाप्रो बनाएका छन् । सोहि छाप्रोबाट कुकुर भुक्छ । मस्तले निदाएको बेला पनि कुकुर भुकेको सुनेपछि जुनसुकै बेला निद्राले छोड्ने उनीहरूले बताए ।


फर्म सञ्चालन गरेयता दर्जनौंपटक माछा र बंगुर जोगाएको यो कुकुरलाई भने अहिलेसम्म कुनै शक्रुले आत्रमण गरेको छैन । ‘कुकुर धेरै हुन्छन्,’ उनिहरूले भने, ‘यस्तो कुकुर हामीले कतै देखेकै थिएनौं । एक्लो हुँदा साथी अरुबेला कर्मचारीको काम गरेको छ ।’ दुर्घटना, जंगली जनावर या अन्य कारणले कुकुरको मृत्यु भए लाखौं सम्पत्तिको सुरक्षा नहुने उनीहरूलाई चिन्ता छ ।

प्रकाशित : वैशाख २८, २०७६ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?