कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सदरमुकाममै खानेपानी अभाव

गोरखा बजारमा खानेपानी संस्थानको वितरण प्रणाली अनियमित भएपछि ढुंगेधारामा पानी थाप्न जानेको चाप छ
हरिराम उप्रेती

गोरखा — वितरण अनियमित भएपछि सदरमुकाम गोरखा बजारमा एक सातादेखि खानेपानीको समस्या भएको छ । घरमा पानी नआएपछि सर्वसाधारण एक गाग्री पानी लिन ढुंगे धारामा घन्टौ लाइन बस्न बाध्य छन् । 

सदरमुकाममै खानेपानी अभाव

सदरमुकाममा पृथ्वीनारायण साना शहरी खानेपानी सरसफाई उपभोक्ता संस्थाल पानी वितरण गर्दै आएको छ । तर वितरण प्रणाली अनियमित भएपछि पानी अभाव भएको हो । साना शहरीले वितरण थालेको वर्षदेखिनै लापारवाही गर्दै आए पनि पछिल्लो एक साता झनै समस्या भएको उपभोक्ताको गुनासो छ । संस्थाद्वारा वितरित खानेपानी कहिलेकाहीँ मात्र उपभोक्ताको मिटर जडित धारामा झर्छ । यो एक साता भने पानी वितरणै नभएको हो ।


घरको धारामा पानी नआउँदा समस्या भएको हरमटारीकी विमला श्रेष्ठले बताइन् । ‘कहिलेकाँही थोरै भए पनि पानी आउने गर्थ्यो । त्यसले पनि राहत मिलेको थियो,’ उनले भनिन्, ‘अहिले लाइनको पानी नआएपछि काम नै धारामा गएर पानी ल्याउने वनेको छ ।’

दुइदेखि ३ घण्टासम्म पालो कुरेर एक गाग्री पानी भर्नुपरेको नयाँवजारकी कितमायाँ गुरुङले बताइन् ।


‘घरमा पानी आउन छाड्यो, धारामा भिड वढेको छ, पालो नकुरी कहाँ पानी पाउनु’ उनले भनिन् । सदरमुकामको पदेलि, छहरे, तिनधारे, रङ्गशाला र वोसेपानीको स्थानीय स्रोतमा विहानैदेखि राती अवेरसम्म खानेपानी लिन स्थानीयको भिंड लाग्छ । ‘एक गाग्री पानी लिन पनि दुइ तिन घण्टा लाइन वस्नुपर्छ,’ गुरुङले भनिन्, ‘सवैलाई चाडो भर्नु पाए जस्तो त भइहाल्छ, पालो मिचेर थाप्न कुरा पनि भिएन, सवैलाई पानी चाहिएको छ, अहिले हामी महिलाहरूको सवैभन्दा ठुलो काम भनेकै एक गाग्री पानी भर्नु वनेको छ ।’


खानेपानीको लागी ढुङ्गेधाराको भर परेका केहि स्थानीय नुहाउन र कपडा धुन दरौदी नदिसम्म पुग्ने गरेका छन् । खानेपानीको चरम समस्या एक साता यता देखिएको पदेलि खानेपानी उपभोक्ता समितिका अध्यक्ष क्षेत्रवहादुर श्रेष्ठ बताउँछन् । सुख्खा मौसममा ढुङ्गेधाराका स्रोतबाट सानो पानी आउदाँ समस्था थपिएको छ । दिनभरी संकलन गरेर निश्चित अवधिका लागी ढुङ्गे धारा खोल्ने गरेको उनले बताए । ‘एक धाराबाट सानै भएपनि लगातार पानी आइरहन्छ,’ उनले भने, ‘पदेलीमा केही धारा छन्, विहान ५ देखि १० र वेलुकी ५ देखि ७ वजेसम्म पानी खोलिदिने गरेका छौ ।’ पानी संकलन गरेर विहान वेलुकी वितरण नगरे झनै गाह्रो हुने उनले बताए ।


‘मिटरको पानी नआउदा ढुङ्गेधारामा यस्तै समस्या हुन्छ,’ उनले भने । पानी अभावले सदरमुकामका होटल पनि समस्यामा छन । अहिले गोरखा बजारमा मात्र आठ देखि १० लाख लिटर दैनिक पानी उपलब्ध गराएको पृथ्वीनारायण साना शहरी खानेपानी सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष विनोद अर्यालले बताए । तर दैनिक १४ देखि १५ लाख लिटरसम्म पानीको माग छ ।


सदरमुकाम क्षेत्रका मात्र १२ सय घरमा संस्थाबाट पानी वितरण हुदै आएको छ । न्यूनतम ६ युनिटसम्मको ३ सय तिरेका उपभोक्ता घरको धारामा पानी नझेरपछि संस्थासग रुष्टिएका छन् । ‘पम्पीङ गरेर खानेपानी ल्याएका हौँ,’ अर्यालले भने, ‘विजुली नहुँदा पानी तान्न सक्दैनौ, विद्युत आउने जाने हुदा पानी वितरणमा समस्या थपिएको छ ।’ हावाहुरीका कारण विद्युत आउने जाने हुदा समस्या परेको उनको दावी छ ।


उपभोक्ता भने संस्थाको लापरवाहीको कारण पानी नआएको बताउँछन् । विजुली नियमित हुदा पनि संस्थाको खानेपानी नियमित नआउने उपभोक्ताको गुनासो छ । १० वर्षदेखि गोरखा सदरमुकामबाट ९ दशमलव ८ किलोमिटर परको वुकोटको छाङ र ढाक्रे खोलाबाट पम्पीङ गरेर ल्याएको खानेपानी यहा वितरण हुदै आएको छ ।

प्रकाशित : वैशाख ३०, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?