कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

होटलबाट ७ पक्राउ

नवलपरासी — प्रहरीले मन्यबिन्दु नगरपालिका– २ स्थित एक होटलबाट मध्यरातमा ७ जनालाई पक्राउ गरेको छ  । नन्दपुरमा रहेको रिमझिम होटलबाट २ महिला, ४ पुरुष र होटल सञ्चालकलाई पक्रेको हो  ।

मंगलबार राती १२ बजेको समयमा प्रहरी चौकी कोल्हुवा र जिल्ला प्रहरी नवलपुरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू यौन क्रियाकलाप गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीको दावी छ । पूर्वपश्चिम राजमार्गबाट दक्षिणतर्फका होटेलमा यौनधन्दा हुने गरेको सूचनाका आधारमा छापा मार्दा उनीहरू पक्राउ परेका हुन् ।

होटलको कोठामा छापा मार्दा उनीहरूलाई आपत्तिजनक अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ २, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?