बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु , १५ घाइते [अपडेट]

नारायण शर्मा

नवलपरासी — पूर्व–पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत दुम्कौलीमा बस र ट्रक ठाेक्किँदा २ महिलासहित ३ काे मृत्यु भएकाे छ भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा गैंडाकोट नगरपालिका-६५ वर्षकी कुमारी सुनारी र थर नखुलेकी जमुना रहेको प्रहरीले जनाएको छ । एकजनाको सनाखत भएको छैन ।

घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

उनीहरुको चितवन भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पुर्‍याउँदा डाक्टरले मृत्यु भइसकेको घोषणा गरेको प्रहरीको भनाइ छ ।
कम्तीमा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीररहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । महेन्द्र राजमार्गको हमाल चोक ना४ख ५२९५ नम्बरको यात्रु बस र एउटा ट्रक ठोक्किँदा दुर्घटना भएको हो । राजमार्गमा ठोक्किएका बस र ट्रक सडकबाट हटाएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७६ १२:४८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

माेटरसाइकल दुर्घटनामा एककाे मृत्यु, एक घाइते

नारायण शर्मा

नवलपरासी — देवचुली नगरपालिका ६ मुण्डेमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार  उत्तरबाट दक्षिण दलदलेतर्फ आउँदै गरेको मोटरसाइकल अनयिन्त्रति भएर दुर्घटना भएको हाे । 

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार कावासोती १६ डण्डा वस्ने अन्दाजी ३५ वर्षीय रामचन्द्र विश्वकर्माको मृत्यु भएको हो । लु ४३ प ६९३० नम्बरको मोटरसाइकलका चालक कावासोती ३ वस्ने ४० वर्षीय राजेन्द्र सुनार सामान्य घाइते भएका छन् ।

घाइते विश्वकर्मालाई उपचारका लागि चितवन लगिएकोमा अस्पतालले विश्वकर्मालाई मृतक घोषणा गरेको थियाे । दुर्घटनामा पछि स्थानीयको सहयोगमा ट्याम्पुमा हालेर पठाइएको प्रत्यक्षदर्शी जितु चौधरीले जानकारी दिए ।

प्रहरी आउन ढिला हुनु र त्यहाँ उपस्थित स्थानीयले प्रहरीको लफडामा पर्ने भन्दै चाँडो उठाउन नमान्दा घाइतेलाई अस्पताल पुर्‌याउन ढिलाे भएर मृत्यु भएको चौधरीकाे भनाई छ ।

चालक सुनारलाई भने उपचारपछि प्रहरी नियन्त्रणमा राखिएको बताइएको छ । मोटरसाइकल चालक र पछाडि सवार साला भिनाजु रहेको पनि प्रहरीले बताएको छ ।

प्रकाशित : जेष्ठ १४, २०७६ ११:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT