कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु 

स्याङ्जा — स्याङ्जाको भीरकोट नगरपालिका–५ मा भएको ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पानी भएको खेतमा ट्याक्टरको अगाडिको भाग जोतिन जाँदा भीरकोट–१ का ३८ वर्षीय शिव कर्माचार्यको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । 

भीरकोटको पकानस्थित खेत जोतेर आइतबार राति घर फर्किने क्रममा ग१त ५०८१ नम्बरको ट्रयाक्टर भित्री कच्ची सडकखण्डमा पल्टिएको प्रहरीले जनाएको छ । मृत्यु हुने कर्माचार्य ट्याक्टर मालिक रहेको प्रहरीले बताएको छ ।


उनलाई ट्रयाक्टरको अगाडिको भागले च्यापिएको अवस्थामा भेटाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।


स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् थप उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र लगिएको थियो । उपचारको क्रममा डाक्टरले उनलाई मृत्त घोषणा गरेको भण्डारीले बताए ।

प्रकाशित : असार ९, २०७६ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?