कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकीका मुख्यमन्त्री र चिनियाँ प्राध्यापकहरुबीच भेटवार्ता

गण्डकी — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले मुस्ताङको कोरला नाका सञ्चालनमा ल्याउन आवश्यक रहेको बताएका छन् । उनले नेपाल र चीन दुवै देशको लाभका लागि यो नाका सञ्चालनमा ल्याउनुपर्ने माग राखेका हुन् ।

मंगलबार चिनियाँ प्राध्यापकहरुको टोलीसँग भेटघाट गर्दै हेवई विश्वविद्यालयका नेपाल हेर्ने विभागका निर्देशक प्राध्यापक झाङ्ग सु विन र युनान विश्वविद्यालयका प्राध्यापक डा. युवान क्वान नेतृत्वको प्राध्यापकहरुको समूहले मुख्यमन्त्री गुरुङसँग छलफल गरेका हुन् । मुख्यमन्त्रीको कार्यलायमा भएको भेटघाटमा मुख्यमन्त्री गुरुङले टोलीलाई गण्डकी प्रदेशको अवस्था र प्रदेशले लिएको कार्यदिशाको बारेमा जानकारी गराएका थिए ।


सोही क्रममा उनले मुस्ताङको कोरला नाका सञ्चालनमा ल्याउनुपर्ने बताएका थिए । पर्यटन र खेलकुदको क्षेत्रमा लागानी गरिदिन समेत मुख्यमन्त्री गुरुङ्ले सो टोलीलाई आग्रह गरेका थिए । चिनियाँ टोलीले आफ्नो लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको तर त्यसका लागि अनुकुलता आवश्यक रहेको बताएका थिए ।


गण्डकी प्रदेशमा अनुकुल वातावरण बनाउन आफू तयार रहेको मुख्यमन्त्री गुरुङलाई आश्वसन दिए । चिनियाँ टोलीले होङ्सी सिमेन्टले भोगिरहेको समस्याको विषयमासमेत मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको थियो । मुख्यमन्त्री गुरुङले यसबारे आफू अवगत रहेको र प्रदेश ५ सँग अहिले समस्या सम्बन्धित रहेको जानकारी गराए । होङ्सी सिमेण्टले अहिले प्रदेश ५ को पाल्पाबाट कच्चा पदार्थ ढुवानी गरिरहेको छ ।

प्रकाशित : असार ३१, २०७६ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?