कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सम्बन्धविच्छेद मुद्दा हाल्दै पुरुष

गोरखा — नयाँ संहिता लागू भएसँगै जिल्ला अदालतमा ८८ पुरुषले श्रीमतीसँग सम्बन्धविच्छेदको निवेदन दर्ता गराएका छन् । तीमध्ये ३५ मुद्दाको फर्स्योट भएको छ । ५३ निवेदनको सुनुवाइ बाँकी छ ।

सम्बन्धविच्छेद मुद्दा हाल्दै पुरुष

मुलुकी देवानीसंहिता ऐन २०७४ को दफा ९४ को उपदफा १ को (ग) बमोजिम अंगभंग वा शारीरिक वा मानसिक कष्ट हुने कुनै किसिमको काम वा जाल प्रपञ्च गरेमा पतिले सम्बन्धविच्छेदको माग गर्न सक्ने प्रावधान छ । विशेषगरी वैदेशिक रोजगारीमा गएका श्रीमान्ले श्रीमतीले बेवास्ता गरेको निवेदन लिएर अदालत पुग्ने गरेका छन् ।


३ वर्षदेखि सँगै नबसेको, मानसिक रूपमा आघात पुगेको, खान लाउन नदिएको, श्रीमतीले निकाला गरेको उजुरी पनि पनि दर्ता भएका छन् । जिल्ला अदालतमा आर्थिक वर्ष २०७५/०७६ मा पुरुष र महिलाले गरी २ सय ८८ सम्बन्धविच्छेदको मुद्दा रहेको स्रेस्तेदार विनोद अधिकारीले बताए ।


गत आर्थिक वर्षको १९ सम्बन्धविच्छेदका मुद्दाको जिम्मेवारी सरेको उनले बताए । तीमध्ये एक सय ७८ मुद्दा फर्स्योट भएका छन् भने १ सय १० मुद्दा बाँकी छ । यो वर्ष महिलाले सम्बन्धविच्छेदका मागेको दुई सय मुद्दा थिए,’ उनले भने, ‘त्योमध्ये एक सय ४३ मुद्दा फर्स्योट भएको छ ।’


महिलाले दर्ता गरेको निवेदनमा खान–लाउन दिएन, हेलाँ गर्‍यो, हिंसा भयो भन्दै मुद्दा दर्ता गर्ने गरेका छन् ।


जिल्ला अदालत गोरखामा जिम्मेवारी सरी आएको र आर्थिक वर्ष २०७५/०७६ मा दर्ता भएको पाँच सय ७० मध्ये तिन सय२१ फर्स्योट भएको उनले बताए । दुनियाँवादी देवानीको एक सय ७१, दुनियावादी फौजदारीको २४, सरकारवादी फौजदारीको ५४ गरी दुई सय ४९ मुद्दा फर्स्योट हुन बाँकी रहेको अदालतले जनाएको छ ।


प्रकाशित : श्रावण १, २०७६ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?