घूससहित कम्प्युटर अपरेटर पक्राउ 

लालप्रसाद शर्मा

पोखरा — डिभिजन सडक कार्यालय तनहुँका कम्प्युटर अपरेटर प्रकाश पौडेललाई सेवाग्राहीबाट १ लाख ७५ हजार घूससहित अख्तियार टोलीले पक्राउ गरेको छ । 

अख्तियार पोखराबाट खटिएको टोलीले बिहीबार उनलाई कार्यालय परिसरबाटै रंगेहात पक्राउ गरेको हो । सडक योजनाको रकम भुक्तानी क्रममा सेवाग्राहीबाट उनले घूस लिएका थिए । पौडेलसँगै बिचौलीया सुनीत शाही पनि पक्राउ परेको अख्तियार पोखरा स्रोतले जनाएको छ ।

प्रकाशित : श्रावण २, २०७६ १६:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पाँच श्रीलंकन नागरिक निष्कासन गर्ने मन्त्रिपरिषद्को निर्णय 

विमल खतिवडा

काठमाडौँ — सरकारले गैरकानुनी रुपमा नेपालमा बसिरहेका ५ जना श्रीलंकन नागरिकलाई निष्कासन गरेको छ । गत असार २९ गतेको मन्त्रिपरिषद् बैठकले अवैध रुपमा बसिरहेका ती नागरिकले तिर्नुपर्ने जरिवाना र भिसा शुल्क मिनाहा गरी निस्कासन गर्ने निर्णय गरिएको बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी गराए ।

उनका अनुसार ५ जना श्रीलंकन नागरिकले २ लाख ५० हजार जरिवाना र ३७ हजार ३ सय ८० अमेरिकी डलर भिसा शुल्क तिर्नुपर्नेथियो।

यस्तै, प्रदेशमा हस्तान्तरण भएका १४ वटा सडक डिभिजन कार्यालयलाई सडक विभागको कामसमेत निरन्तर गर्न लगाउने निर्णय गरिएको छ। बैठकले प्रत्येक प्रदेशका नगरपालिका प्रमुख र उपप्रमुखमध्येबाट कम्तीमा तीन जना महिलासहित सात जनालाई नगर विकास कोष सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले जानकारी दिए।

बैठकले राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धक पदमा नारायणप्रसाद बास्तोलालाई नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को निर्णयसम्बन्धी प्रेस विज्ञप्ति

प्रकाशित : श्रावण २, २०७६ १६:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT