कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोरखामा जनजातिको र्‍याली

हरिराम उप्रेती

गोरखा — विश्व आदिवासी दिवस यहाँ विविध कार्यक्रम गरी मनाइयो । जनजाति समुदायले आफ्ना भेषभुषासहित र्‍याली निकाले । कौरा, धिमे बाजा, सोरठी, पाउदुरे, मारुनी, स्यार्गा, तामाङ सेलो लगायतका नाच प्रस्तुत गरे ।

गोरखामा जनजातिको र्‍याली

यस्ता कार्यक्रमले लोप हुन लागेका संस्कृति संरक्षणमा टेवा पुगेको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्‌का अध्यक्ष विष्णु राना बताउँछन् । ‘संस्कृतिको संरक्षण त हुने नै भयो’ उनले भने,‘पुस्ता हस्तान्तरणमा यसले टेवा पुर्‍याएको छ, आफ्नो कल्चरलाई नियाल्दै अनुशरण गर्ने अवसर पछिल्ला पुस्तालाई पनि मिल्छ ।’


लोप हुन लागेका संस्कार र आफ्ना संस्कृति संरक्षणमा पछिल्लो समय चासो बढेको उनले बताए । ‘जातिविशेषले मात्र होइन सम्पदा र संस्कृतिलाई गहनाको रुपमा लिएर संरक्षणमा राज्यस्तरबाटै पहल हुनुपर्छ,’ उनले भने । २५ औँ विश्व आदिवासी दिवसको अवसरमा यहाँ कार्यरत रहेका अधिकृत र उपसचिवलाई सम्मान गरिएको छ । वक्ताहरुले भाषा, संस्कार, संस्कृति भेषभुषा जोगाउन पहिचान स्थापित हुने बताए ।





प्रकाशित : श्रावण २४, २०७६ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?