कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्मचारीको मृत्यु शंस्कास्पद भएको भन्दै सत्यतथ्य छानविन गर्न माग

हरिराम उप्रेती

गोरखा — गोरखा नगरपालिका-१० टक्सारस्थित मनकाना आवासीय सुस्तश्रवण माध्यमिक विद्यालयका कर्मचारीको शंकास्पद मृत्यु भएको भन्दै सत्यतथ्य छानविन गर्न स्थानीय माग गरेका छन् । छानविनको माग गर्दै स्थानीय  आन्दोलित बनेका छन् । सोमबार साँझ साढे ८ बजे घर फर्किएका श्यामहरी घिमिरे मंगलबार बिहान अबेरसम्म विद्यालय नआएपछि खोजी गर्दा जंगलमा मृत भेटिएका थिए ।

कर्मचारीको मृत्यु शंस्कास्पद भएको भन्दै सत्यतथ्य छानविन गर्न माग

वनमा मृत भेटिएका घिमिरेको गोरखा अस्पतालमा पोष्टमार्टम भएपनि परिवारले शव बुझेका छैनन् । मृत्यु शंस्कास्पद रहेको र सत्यतथ्य छाविन गरेर दोषी पहिचान नभएसम्म शव नबुझ्ने परिवारको अडान छ ।


बिहीबार विद्यालयको प्रशासन कक्षमा तालाबन्दी गर्दै स्थानीयले गोरखा आबुखैरेनी सडक खण्ड अन्तर्गत टक्सारमा एक घण्टा सडक अवरुद्ध गरेका छन् । सत्यतथ्य छानविन गरी दोषी देखिए कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएको स्थानीय सुवास घिमिरले बताए । ‘मृत्यु शंस्कास्पद छ, चार दिन बितिसक्यो घटना कसरी घट्यो खुलेको छैन,’ उनले भने, ‘यथार्थ के हो ? थाहा पाउनुपर्‍यो नी ।’


यस्ता घटना नदोहारिनका लागि सत्यतथ्य छानविन हुनैपर्ने स्थानीय रामचन्द्र कुँवरले बताए । ‘हातमा लगाएको औठी जस्ताको तस्तै छ, सडक भन्दा ५० मिटर तल शव भेटिएको छ, घिसारिएको डोब छ,’ उनले भने, ‘शंका गर्ने आधार धेरै छन् ।’ बिहीबार करिव दुई सय स्थानीय भेला भएर घटनाको सत्यतथ्य छानविनको लागि भन्दै नाराबाजी समेत गरे । सोही वडाको नौविसे स्थायी घर भएका मृतक घिमिरे पनि सुस्तश्रवण हुन् । घटना घटेपछि उक्त विद्यालयको पढाइ समेत प्रभावित बनेको छ । तीन दिन यता पठनपाठन हुन नसकेको विद्यालयका कर्मचारी बताउँछन् ।


घटनाको अनुसन्धानकै चरणमा रहेको डीएसपी महेन्द्र नेपालले बताए । ‘केही व्यक्ति नियन्त्रणमा लिएर सोधपुछ पनि गर्‍यौं, घटनाको कारण खुलिसकेको छैन,’ उनले भने ।

प्रकाशित : श्रावण ३०, २०७६ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?