कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनसेल टावरमा आगजनी

प्रकाश बराल

(बागलुङ) — एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको छ । प्रहरीका अनुसार बागलुङको जैमिनी नगरपालिका ७ व्याडथलामा रहेको टावरमा बिहीबार राति आगजनी गरिएको छ । 

आगजनी बिहीबार राती भए पनि शुक्रबार बिहान मात्र स्थानीयले थाहा पाएर प्रहरीमा खबर गरेका थिए । आगजनी गर्नेको खोजी भइरहेको उपरीक्षक नवराज भट्टले बताए । गत साता पनि निसीखोलामा रहेको एनसेल टावरमा आगजनी भएको थियो ।


दुवै घटनामा नेत्रविक्रम चन्द समूहका कार्यकर्ता संलग्न रहेको प्रारम्भिक अनुमान प्रहरीको छ ।


प्रकाशित : श्रावण ३१, २०७६ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?