कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महानगरमा तिरो तिर्न सास्ती

कान्तिपुर संवाददाता

कास्की — पोखरा महानगरपालिकामा तिरो तिर्न आएका सेवाग्राहीले सास्ती पाएको गुनासो गरेका छन् । वडा कार्यालयमा ढिला भएकाले महानगर आएका पोखरा–६ ड्यामसाइडका अमुल गुरुङले जग्गाको तिरो तिर्न मुस्किल परेको सुनाए । 

‘विहान १० वजे आएको दुई घण्टा यही कुर्चीमा निदाएछु, दुई घण्टा बाहिर घुमेर आए पनि काम भ्याउन गाह्रो भयो’, उनले भने, ‘सेवाग्राहीलाई महानगरको कस्तो सेवा हो यो ? एक घण्टा सम्म ठिकै हो । ४ देखि ६ घण्टाका काम सक्न पनि मुस्किल पर्ने ।’


दुई दिन अघि आएर दिनभरी बसेर कामै नगरी फर्किनु परेको अर्की सेवाग्राही कमला लामिछानेले सुनाइन् । ‘पालो कुर्दै हैरान भयो,’ उनले भनीन्, ‘हामी कहीलेसम्म यसरी पालो कुरेर बस्ने ।’ वडामा ढिलाई भएकाले छिटो होला भनेर महानगरमा आउँदा २ दिन घर सम्पन्नको काम भएको उनले सुनाइन् । उनी पोखरा–५ देखि घर सम्पन्नको कागजातका लागि आएकी थिइन । टोकन लिएर लाइनमा बस्दाबस्दै हैरानी भएको पोखरा–२८ का चन्द्रबहादुर विक सुनाउँछन् ।


गत आइतबार देखि ३ दिनसम्म सिस्टम नचलेकाले सेवाग्राही फर्कन परेको महानगरका कर महाशाखा प्रमुख शिवहरि शर्माले बताए । अर्को सबैलाई यही बेला बैंकमा तिरो तिरेको रसिद माग्ने भएकाले साउन महिनामा एकैपटक सेवाग्राही आउने भएकाले पनि यस्तो समस्या आएको शर्माको दावी छ ।


‘यो समयमा दिनमै ४ सय बढी सेवाग्राही आउँछन् अनि कसरी छरितो सेवा दिने ?’ उनले भने, ‘हामी नबसी काम गरिरहेका छौं ।’ उनका अनुसार वडामै हुने काम पनि जनशक्ति थोरै भएको कारण महानगरमै आउने गर्छन् स्थानीय ।

प्रकाशित : श्रावण ३२, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?