कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाटेको बाघको छाला सहित दुई पक्राउ

ठाकुरसिंह थारु

नेपालगन्ज — प्रहरीले पाटे बाघको छाला सहित दुई जनालाई पक्राउ गरेको छ । प्रदेश ५ प्रहरी ब्युरो र कोहलपुर प्रहरीको संयुक्त टोलीले बाघको छाला र हड्डी सहित उनीहरूलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

पाटेको बाघको छाला सहित दुई पक्राउ

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार पक्राउ पर्नेहरूमा दैलेखको गुराँसे गाउँपालिका २ का ३६ वर्षीय कमल खत्री र कञ्चनपुर पुरनबस्ती–४का २१ वर्षीय हरि ढकाल रहेका छन् ।


उनीहरूलाई कोहलपुरको पुरानो बसपार्क नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । भे ७ प ९४९९ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूलाई प्रहरीले विशेष सूचनाका आधारमा जाँच गर्दा बाघको छाला र हड्डी सहित पक्राउ गरेको थियो ।


बाघको छाला र हड्डी भारत पठाउने तयारी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस २३, २०७५ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?