कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छुट्टाछुट्टै दुर्घटनामा ५० जना घाइते

दुर्गालाल केसी

दाङ — दाङमा शुक्रबार बेलुका भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५० जना घाइते भएका छन् । तुलसीपुरबाट बगालेतर्फ जाँदै गरेको रा १ ख १७७० नम्बरको बस र शान्तिनगरको खैरेनीबाट तुलसीपुर आउँदै गरेको ना ८ ख १०१७ नम्बरको जन्ती बस दंगिशरण गाउँपालिका ३ श्रीगाउँमा ठोक्किँदा ४७ जना घाइते भएका छन् ।

छुट्टाछुट्टै दुर्घटनामा ५० जना घाइते

घाइतेमध्ये १६ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ । अन्य ३१ घाइते भने उपचारपछि घर फर्किसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

यसैगरी लमही भालुवाङ सडकखण्ड अन्तर्गत राप्ती गाउँपालिका २ लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको बा ७ प ९७८५ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ गइरहेको लु ३४ प ६२५३ नम्बरको मोटरसाइकल ठोक्किँदा तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा राप्ती गाउँपालिका–२ बराखुटीका ४५ बर्षीय चित्र पुन, अर्घाखाँचीको सितगंगा ८ लाँपेका २४ बर्षीय दिनेश बुढामगर र २२ बर्षीय सन्तोष बुढामगर छन् । घाइतेहरुको भैरहवामा उपचार भइरहेको छ ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?