कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घर भत्काउने क्रममा दुई बालिकाको मृत्यु

नवीन पौडेल

परासी — घर भत्काउने क्रममा गाराे खस्दा नवलपरासीको सुनवलमा दुई बालिकाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

सुनवल नगरपालिका–१० गैंडाखालका कर्णबहादुर थापाको घर भत्काउने क्रममा खसेको गारोमा च्यापिँदा उनीहरुकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।

मृत्यु हुनेहरूमा स्थानीय रमाकान्त अधिकारीकी ४ वर्षीया छोरी नबिना र उमा बस्नेतकी ५ वर्षीया छोरी समीक्षा रहेका छन् ।

घाइतेमध्ये रमेश खत्रीकी ६ वर्षीया छोरी दिक्षाको अवस्था गम्भीर छ । अर्की ७ वर्षीया समीक्षा भुसालको अवस्था सामान्य रहेको छ ।

इँटा र माटोले बनेको पुरानो घर मर्मतका लागि भत्काउन थालिएको थियो । घर भत्काउने क्रममा गारो नजिक बालिकाहरू खेलिरहेका थिए ।

प्रकाशित : चैत्र २१, २०७५ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?